२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको संगठनात्मक कार्यशाला बन्दिपुरमा सम्पन्न



अ+ अ-

तनहुँ, ३० साउन । नेकपा एमाले गण्डकी प्रदेश कमिटीले तनहुँको बन्दीपुरमा २ दिने संगठनात्मक कार्यशाला सोमवार सम्पन्न गरेको छ ।

कार्यशालाको समापन गर्दै उपमहासचिव एवम् गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पार्टीको आन्तरिक एकतालाई मजबुद पार्दै नेपाली कम्युनिष्ट आन्दोलनको मुल प्रवाह नेकपा एमालेलाई पुनः बहुमतसहित पहिलो पार्टी बनाउनुपर्नेमा जोड दिए । कार्यशालामा एमाले सचिव पद्मा अर्याल र स्थायी कमिटी सदस्य खगराज अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्दै पार्टी एक हुनुपर्ने उल्लेख गरे । कार्यपत्रमाथि ११ जिल्ला र मोर्चा संगठनले समुहगत छलफल गर्दै सुझाव दिएका थिए ।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्थायी कमिटी सदस्यहरु कर्ण थापा, भानुभक्त ढकाल, गण्डकी प्रदेश कमिटी उपाध्यक्ष मोहन प्रसाद रेग्मी, सचिव धनञ्जय दवाडी, उपसचिव रश्मी आचार्य लगायतले बोलेका थिए ।

आइतवार शुरु कार्यशालामा प्रदेशका ११ वटै जिल्लाका अध्यक्ष, सचिव, संगठन विभाग प्रमुख, प्रदेशमा रहेका केन्द्रिय सदस्य, प्रदेश कमिटीका पदाधिकारी, २२ वटै जनवर्गिय संगठनका प्रदेश अध्यक्ष लगायतको सहभागिता रहेको थियो ।