२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोनसन एण्ड जोनसनको बेबी ट्याल्कम पाउडर बन्द हुदै



अ+ अ-

काठमाडौं । जोनसन एण्ड जोनसनको बेबी ट्यालकम पाउडर २०२३ देखि सदाका लागि बन्द हुने भएको छ । उक्त ट्याल्कम पाउडरमा क्यान्सरजन्य वस्तुहरु रहेको भन्दै उजुरी पर्ने क्रम बढ्दै गएपछि कम्पनीले सन् २०२३ बाट पाउडरको बिक्री वितरणमा पूर्ण बन्द गर्ने घोषणा गरेको हो ।

उक्त पाउडरमा एस्बेस्टोस नामक क्यान्सरजन्य पदार्थको मात्रा पाइएको कारण विश्वभरबाट प्रतिबन्ध लगाइनुपर्ने माग बढ्दै गएको थियो ।

ट्याल्कम पाउडरमा शरीरलाई सुक्खा राख्न प्रयोग गरिएको खनिजमा एस्बेटोसको मात्रा देखिएको जानकारहरुको भनाइ छ ।

जोनसन एण्ड जोनसनको ट्याल्कम पाउडरविरुद्ध पहिलादेखि नै विश्वभरबाट विभिन्न उजुरीहरु पर्दै आएको थियो ।

सन् २०१८ मा गरिएको एक अनुसन्धानमा कम्पनीले ट्यालकम पाउडरमा एस्बेस्टोसको मात्रा हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि यसलाई ढाकछोप गर्न खोजेको आरोपसमेत लागेको थियो ।

अमेरिका र क्यानडाले भने सन् २०२० मा नै जोनसन एण्ड जोनसनको ट्याल्कम पाउडरको बिक्री वितरण बन्द गरेको थियो ।

कम्पनीले अब उक्त पाउडरको ठाउँमा ‘कर्न स्ट्र्याच’ पाउडर बिक्री वितरण गर्ने जनाएको छ ।