२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरीको विशेष चेकिङ: १ सय १८ जना कलेजका विघार्थी कारवाहीमा



अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कलेजका विघार्थी लक्षित ट्राफिक चेकजाँच अभियान सुरु गरेको छ ।

चेकजाँचमा सवारी चालक अनुमती पत्र नभएका ६१ जना , सवारी दर्ता किताव नभएका ३९ जना र तिन जना सवार ७ जना विघार्थीहरू कारवाहिमा परेका छन । त्यस्तै हेल्मेट नलगाई सवारी साधन चलाउने १ जना र अन्य ट्राफिक नियम उल्लघंन गर्ने १० जना गरी १ सय १८ जना विघार्थीहरू कारवाहीमा परेका हुन् ।

कारवाहिमा पर्ने विघार्थी हरूमा सबै दुई पांग्रे सवारी साधनका चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनु भयो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको गत वर्षको तथ्याङ्क हेर्ने हो भने काठमाडौं उपत्यका भित्र १० हजार ७ सय ३३ वटा सवारी साधन दुर्घटना भएका छन ।

जसमध्ये ८ हजार ३ सय ६४ वटा दुई पांग्रे सवारी साधन रहेका छन । सवारी दुर्घटनामा परि १ सय ९१ जनाको मृत्यु हुँदा २ पाङ्ग्रे सवारी दुर्घटनामा मात्रै १ सय १७ जनाको मृत्यु भएको छ । जसमध्ये ५८ जना पैदल यात्रीको समेत सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश दुई पांग्रे सवारी साधन प्रयोगकर्ता रहेका छन ।

उमेर समुहका आधारमा हेर्ने हो भने १७ वर्ष देखि ३५ वर्ष सम्मका दुईपाङ्ग्रे सवारी साधन प्रयोगकर्ता रहेका छन । यसरी सबै भन्दा धेरै दुर्घटनामा पर्नेमा दुईपांग्रे सवारी साधन देखिएकोले दुर्घटना न्युनिकरण गर्नको लागी ट्राफिक प्रहरीले विशेष अभियाननै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही गर्न सुरू गरेको छ ।