२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेविरुद्ध ८ दलीय गठबन्धन बन्दै



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेविरुद्ध बनेको पाँचदलीय गठबन्धन आगामि चुनावसम्म विस्तार हुँदै ८ दलीय बन्ने भएको छ ।

गठबन्धनमा वामदेव गौतम नेतृत्वको नेकपा एकता अभियान र जसपाबाट फुटेको नेपाल समाजवादी पार्टी पनि मिसिएपछि पाँचदलीय गठबन्धन सातदलीय बनेको छ ।

पाँचदलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका थिए । अब बाबुराम र वामदेवको नयाँ पार्टि पनि थपिएका छन् । उनीहरूले माओवादीको चुनाव चिन्ह गोलाकारभित्र हसिँया हथौँडा प्रयोग गर्ने सहमति भएको छ ।

माओवादीको चुनाव चिन्ह प्रयोग भए पनि उनीहरूले आफ्नो केही क्षेत्रमा आफ्नै उम्मेदवार उठाउनको लागि भागबण्डाको माग गरेका छन् । गठबन्धनमा यो विषय बारे छलफल गर्ने माओवादी नेताहरूले बताएका छन् । बाबुराम र वामदेवको सर्तबारे भने माओवादी स्थायी कमिटी बैठकमा छलफल भईसकेको बताएका छन् ।

आगामि चुनावसम्म गठबन्धनमा कम्तीमा पनि ८ देखि ९ दलीय मोर्चा बन्ने देखिएको छ ।




भर्खरै