२१ श्रावण २०८२, बुधबार
August 6, 2025 Wednesday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 24.26

Wind: 1.54

Humidity: 100

Latest
इन्टर्नसीप पूरा गरेका ६० चिकित्सकलाई प्रमाणपत्र वितरण बहुविवाह गर्न पाउने प्रस्तावित मस्यौदाप्रति ध्यानाकर्षण राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि संविधानविपरीत रहेको विपक्षी दलको निष्कर्ष अज्ञात रोगबाट चरीगाउँका पशुचौपाया मरे बेपत्ता तीन किशोरी परिवारको सम्पर्कमा करेन्ट लागेर एक जनाको मृत्यु सप्तरी गोलीकाण्ड : चारबुँदे मागसहित ज्ञापनपत्र बुझाइयो दर्ता गर्ने ठाउँ परिवर्तन हुँदैमा लोकतन्त्र खोसियो भन्न नथाल्नुस्, खुरुक्क गएर दर्ता गर्नुस्ः सञ्चारमन्त्री वरिष्ठ पत्रकार तेजबहादुर भण्डारीको निधन स्थानान्तरण गरिएको ओखरबोट माविको भवन पहिरोको जोखिममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि औजार कारखानाको अध्ययन गर्न महाबीर पुनलाई अर्थमन्त्रीको आग्रह



अ+ अ-

काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्रिय आविस्कार केन्दका अध्यक्ष महावीर पुनबीच अर्थमन्त्रालय, सिंहदरबारमा सोमबार भेटवार्ता भएको छ ।
भेटमा अर्थमन्त्री शर्माले कृषि औजार कारखाना संचालनकालागि राष्ट्रिय आविस्कार केन्द्रलाई अध्ययन गर्न आग्रह गर्नुभयो ।

भेटकाक्रममा अर्थमन्त्री शर्माले सरकारले कृषि औजार कारखानालाई संचालन गर्ने निर्णय गरेकाले उक्त कारखानाको हालको अवस्था अध्ययन गरी त्यसलाई संचालन गर्न आवश्यक रहेको बताउनुभयो ।

“कृषि औजार कारखानाको अवस्थाको अध्ययन गरी छिट्टै संचालनमा ल्याउने गर्ने र यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविस्कार केन्द्रको रुपमा पनि विकास गर्ने सरकारको लक्ष रहेको छुु”उहाँले भन्नुभयो ।

केन्द्रका अध्यक्ष महाबीर पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, मर्मत सम्भार गर्ने तथा नयाँ औजार उपकरणहरुको आविस्कार गर्ने पनि बताउनुभयो ।

कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविस्कार केन्द्र समेत बनाउने अर्थ मन्त्रीको योजना प्रति आफ्नो समर्थन रहेको बताउदै पुनले भन्नु भयो ‘कृषि औजार कारखानाले नेपालका ग्रामीण किसानलाइ आवश्यक पर्ने कृषि औजार निर्माण गर्नुका साथै साना तथा मझौला उद्योगलाइ आवश्यक पर्ने औजारहरु समेत निर्माण गर्न सकिन्छ।’

कृषि औजार कारखानालाई कम्प्युटर प्रविधिबाट समेत संचालन हुने गरि आधुनिकीकरण समेत गर्न सकिने आविस्कार केन्द्रका अध्यक्ष पुनले बताउनु भयो।अर्थमन्त्री शर्माले राष्ट्रिय आविस्कार केन्द्रको अध्ययनको सुझाव अनुसार सरकारले छिट्टै कृषि औजार कारखानालाई पुनर्जीवन दिने बताउनु भयो।

कृषि औजार कारखाना बीरगञ्ज सम्बन्धी संक्षिप्त जानकारी 

कृषि कार्यमा प्रयोग हुने मानव, पशु र यान्त्रीक शक्तिबाट संचालन हुने सस्तो, सरल, तथा सुलभ तरिकाबाट भूगोल सुहाउँदो कृषि यन्त्र र उपकरण उत्पादन गरी आयात प्रतिस्थापन गर्ने तथा कृषि कृषि क्षेत्रमा रोजगारी सृजना गरेर आय आर्जन क्षमता बढाउने उद्धेश्यका साथ नेपाल सरकार र तत्कालिन सोभियत संघको संयुक्त लगानीमा वि.स. २०२१ सालमा कृषि औजार कारखाना बीरगञ्जमा स्थापना भएको थियो ।

कम्पनीमा परिणत भएको कृषिऔजारकारखाना, बीरगञ्जले शुरुका वर्षहरुमा कृषि औजारहरुको प्रर्याप्त उत्पादन गरी आपूर्ति गरेता पनि विविध कारणबाट कृषि औजार उत्पादनमा न्यून हुन गएको थियो ।

हाल देशमा कृषि यन्त्रहरुको माग तथा आपूर्ती समेत बढ्दै गइरहेको अवस्थामा कृषि यन्त्रहरुको आयातलाई कम गर्न तथा नेपालको भूगोल सुहाउँदो कृषि यान्त्रीकरणलाई प्रबर्द्धन गर्न स्वदेशमै कृषि यन्त्रहरुको उत्पादन, विकास र बिस्तारका लागि कृषि औजार कारखानाको पुनर्जीवनको आवश्यकता महशुस भएको छ ।

यस कारखानाको आफ्नै स्वामित्वमा वीरगन्ज उपमहानगरपालिका मजडिहा पिपरा वडा नं ८,९ मा नौ विगाहा जग्गामा कार्यालय भवन, कारखानाभवन, आवास भवन तथा अन्य भवन र मेशिनरीहरु छन् ।

बि॰सं॰ २०४८ सालमा नीजिकरण भएको कृषि औजार कारखानालाई २०५१ फाल्गुणमा नीजिकरण फुकुवा गरि संचालनमा आएकोमा २०५३ आषाढसम्म उद्योगन्यून क्षमतामा संचालनमा रहेको थियो । नीजिकरण भए पश्चात घाटामा सञ्चालन भएको र व्यवस्थापकिय लगायत विविध समस्याहरुका कारण पटक पटक उत्पादन बन्द हुने गरेको यो कारखाना वि।स। २०५९ सालदेखि पूर्ण रुपमा बन्द गरेको देखिन्छ ।