१३ मंसिर २०८१, बिहीबार
,
Latest
स्थानीय तह उपनिर्वाचनका लागि आज रातिदेखि मौन अवधि आम्दानीको स्रोत तरकारीखेती भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम पहाड र तराईका केही स्थानमा हुस्सु, बाँकी भागमा मौसम सफा रियल मड्रिडलाई हराउँदै च्याम्पियन्स लिगमा लिभरपुलको लगातार पाँचौ जित प्रधानमन्त्रीको चीन भ्रमण, परराष्ट्रमन्त्री राणा आज छेन्दु जाँदै ‘राष्ट्रिय चलचित्र पुरस्कार २०८० तथा दीर्घसाधना सम्मान’ सम्पन्न, राष्ट्रपतिद्वारा पुरस्कार प्रदान प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट, क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा ईएमआई सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बन्ने भो राप्ती कोरिडोर



अ+ अ-

घोराही । सङ्घीय सरकारका सहरी विकासमन्त्री मेटमणि चौधरीले लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा सोमबार एक कार्यक्रमबीच ‘राप्ती कोरिडोर’ आयोजनाको शिलान्यास गरेका छन् ।

करिडोरको शिलान्यास गर्दै मन्त्री चौधरीले दाङको विकासका लागि राप्ती कोरिडोर नयाँ आयामका रुपमा रहने बताए । उनले दाङ प्रशस्त सम्भावना भएको जिल्ला हुँदाहुँदै पनि विभिन्न कारणले पछि परेको हुँदा राप्ती कोरिडोरका माध्यमबाट विकासको अरू पक्षलाई पनि जोड्ने सकिने धारणा राखे ।

राप्ती कोरिडोरअन्तर्गत दाङको भालुवाङ क्षेत्रदेखि बाँकेको सीमा क्षेत्रसम्म राप्ती नदीको दुवै किनारलाई नदी उकास (तटबन्ध) गरी बृहत् योजनाका साथ आर्थिक तथा सहरी विकासको नगर बनाउने लक्ष्य रहेको बताए । ‘भालुवाङबाट सुरु भएर करिब ८७ किलोमिटर लम्बाइको राप्ती नदीको दुवैतर्फ कालोपत्र गरिनेछ । नदी उकास गरी नयाँ सहर बसाल्न सकिने छ भने सुन्दर उद्यान निर्माण गरेर दाङमा नयाँपन ल्याउन सकिनेछ”, उनले भने ।

राप्ती नदी सभ्यतामा आधारित राप्ती कोरिडोर आयोजनामा नदी उकास भएपछि हजारौँ बिघा जमिन प्रयोगमा आउने छ । बहुवर्षीय आयोजनाअन्तर्गत निर्माण गर्ने लक्ष्य राखिएको उक्त कामका लागि आवश्यक बजेट चालु आर्थिक वर्ष विनियोजन भइसकेको उनको भनाइ छ ।