२९ आश्विन २०८१, मंगलवार
,
Latest
ग्लोबल आइएमई बैंक र महालक्ष्मी विकास बैंकबीच गैर कोषमा आधारित बैँकिङ्ग सुविधा उपलब्ध गराउने सम्झौता देशको आर्थिक अवस्था: भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण-पूर्णपाठ सहित अनिरुद्धाचार्यले सलमानको खुट्टा छोएको तस्बिर भाइरल, नक्कली तस्बिर बनाउने अभियुक्त पक्राउ नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा घरको कुन दिशामा राख्ने मनी प्लान्ट ? सपनामा यी कुराहरु देख्नुभएमा तपाईको भाग्य चम्किन्छ अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना पैसा खर्च गर्नुअघि यी पाँच कुरामा विशेष ध्यान दिनुहोस् भुलेर पनि यी खानेकुरा सँगसँगै नखानुहोस् नागरिक तहमा प्रश्न नउठ्ने गरी सतर्कतापूर्वक काम गर्न सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तारुढ दलहरुकै नेताहरुको अगुवाइमा अबराेध भयाे : प्रमुख शाह



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगर कसैलाई हराउने खेलमा नलागेको बताउनु भएको छ । फोहोरमैला संकलन, ढुवानी र अन्तिम व्यवस्थापनका क्रममा महानगरले झेलेका दुःखको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘फोहोर लैजाने कुरा आज पनि सहज भएन । सत्तारुढ दलहरुकै स्थानीय नेताहरुको अगुवाइमा सडक अवरुद्ध गरियो । जसलाई विपक्षी दलहरु एमाले र राप्रपाका स्थानीय नेताहरुले पनि साथ खिदिएको देयो ।’ आज स्यानिटरी ल्याण्डफिल साइडमा फोहोर ढुवानी र अन्तिम व्यवस्थापनका विषयमा जानकारी दिँदै प्रमुख शाह भन्नुहुन्छ, ‘२ सय भन्दा बढी प्रहरी परिचालन गरेर फोहोरका गाडीहरु बञ्चरे लगियो । केही समूहबाट लुक्दै गुलेली हानेर अवरोध सिर्जना गर्ने प्रयास भयो । यसैकारण आज २०३ वटा मात्र फोहोरका गाडीहरु बञ्चरे डाँडा लैजान सकियो ।’

अहिलेसम्म भोगेका र देखिएका समस्या सतही मात्र भएको उल्लेख गर्दै प्रमुख शाहले गहिरा कारण अरुपनि भएको उल्लेख गर्नुभएको छ । ‘राज्यले ५ अर्बभन्दा बढी लगानी गरिसकेको, झन्डै २ दशकदेखि योजना बनाएको ठाउँमा फोहोर लैजान यतिका माथापच्ची किन गर्नु पर्छ? सुरक्षाकर्मीलाई स्थानीयले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पुरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’ प्रमुृख शाहको प्रश्न छ ।

‘यहाँ केही कमजोरी, केही गल्ती भएकै छ । सिसडोलमा गरिएको लापरवाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयहरुले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वभाविक पनि होइन । तर हामी विश्वस्त पार्न चाहन्छौँ कि विगत दोहो-याएर अपराध गर्ने छैनौँ ।’ प्रमुख शाह आफ्नो प्रतिवद्धता व्यक्त गर्दै भन्नुहुन्छ, ‘यसका लागि केही समय भने पक्कै लाग्छ । सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील छ । हामी आफुले गरेका सहमतिहरुको पालना गर्नेछौँ । सबै पक्षबाट हामी त्यही किसिमको संवेनशीलता र इमान्दारिताको अपेक्षा राख्दछौँ ।’