काठमाडौं । अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रकृया जारी रहेको छ ।
आइतबार नेपाल एयरलान्सको दोहा-काठमाण्डौंको नियमित उडानबाट थप ८ जना स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार योसँगै हालसम्म कूल ७७८ जना नेपाली नागरिक अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुगेका छन् ।
काबुलमा उद्दारको पर्खाईमा रहेका थप नेपाली नागरिकहरुलाई उद्दार गरी स्वदेश फर्काउन आवश्यक समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ ।