५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रैथाने बालीको बीउ खरिद गर्न घरमै पुग्छन् व्यापारी



अ+ अ-

मान्म । कालीकोटको स्थानीयस्तरमा उत्पादन हुने रैथाने बालीको बीउ खरिद गर्न व्यापारी घरमा नै पुग्ने गरेका छन् । कालीकोटमा उत्पादन हुने रैथाने अन्नबाली सिमी, फापर चिनो, कागुनो, स्याउ, ओखरलगायतका खाद्यान्न खरिद गर्न व्यापारी घरघरमा पुग्ने गरेका छन् ।

रैथाने अन्नबालीलाई सेतो चामलसँग व्यापारीले साट्ने गरेको बताइएको छ । एक किलो बीउ बराबर दुई किलो सेतो चामल दिने गरेको तिलागुफा नगरपालिका–४ का पूर्ववडाध्यक्ष खड्कबहादुर शाहीले बताउनुभयो । यहाँ उत्पादन हुने अन्नबालीको बीउको माग देशका विभिन्न ठाउँमा बढ्दो भएका कारणले व्यापारीले फल्नुभन्दा अगाडि नै खरिद गर्ने गरेको खाँडाचक्र नगरपालिका–८ का पाँखाका रेशम मल्लले बताउनुभयो ।

“अन्नबाली उत्पादन नहुनुभन्दा अगाडि नै व्यापारी आएर पैसा दिएर जान्छन्”, उहाँले भन्नुभयो । कालीकोटमा उत्पादन हुने रैथाने अन्नबाली स्याउ, मार्सी चामल, सिमी, उवा, जौ, फापर, आलु लगायतका बस्तु नेपालका प्रमुख शहरमा निर्यात हुने गरेको खाँडाचक्रका नगर प्रमुख कमलबहादुर शाहीले बताउनुभयो ।