९ असार २०८३, मंगलवार
,
Latest
आज एमाले संसदीय दल र सचिवालय बैठक बस्दै पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेसीको डेब्यु खेलमा एम्बाप्पे चम्किँदा पिएसजीको जित



अ+ अ-

एजेन्सी । फ्रेन्च फुटबल लिग, लिग वान अन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रेइम्सलाई पराजित गरेको छ । गएराति रेइम्सको मैदानमा भएको खेलमा पिएसजीले २-० गोल अन्तरले जित निकालेको हो । पिएसजीको जितमा दुबै गोल किलियन एम्बाप्पेले गरे । उनले खेलको १६ औं र ६३ औं मिनेटमा गोल गर्दै पिएसजीलाई महत्वपूर्ण ३ अंक दिलाए । यता यसै खेलबाट अर्जेन्टिनी स्टार लियोनल मेसीले डेब्यु गरेका छन् ।

दोस्रो हाफमा मैदान प्रवेश गर्दै मेस्सीले डेब्यु गरेका हुन् । उनले राइम्सको मैदानमा उपस्थित दर्शकसामु ६६ औं मिनेटमा ब्राजिलियन स्टार नेयामारको स्थान लिँदै पिएसजीबाट पहिलो खेल खेले । मेसीले यसअघि स्पेनीस क्लब बार्सिलोनाबाट मात्रै व्यावसायिक फुटबल खेलेका थिए । यो जितसँगै पिएसजीले लगातार ४ खेलमा अपराजित यात्रा कायम राखेको छ । पिएसजी ४ खेलबाट १२ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ ।