२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday
Latest
शैक्षिकसत्र सुरु नहुँदै पाठ्यपुस्तक तीनकुने घटनामा कुनै साइनो र सरोकार नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरियोः अध्यक्ष थापा पहिलोपटक एक्सन सिनेमामा देखिँदै विपीन कार्की आर्थिक वृद्धिदरमा सरकारी लक्ष्य भेट्न कठिन हुने ट्रम्पको भन्सार दर लागु भएपछि भारतको केन्द्रीय बैंकद्वारा ब्याज दरमा कटौती व्यवस्था परिवर्तन गर्न नपाउने गरी संविधान संशोधन गर्ने धृष्टता गरे देशमा आगो बल्छः अध्यक्ष थापा प्रधानमन्त्रीद्वारा पाणिनि सम्मेलन उद्घाटन उर्जा क्षेत्रको विकासबाट नै मुलुक समृद्ध बन्छः उर्जामन्त्री खड्का तीनकुने आन्दोलनमा लुटपाट र आगजनी गर्ने थप २ जना पक्राउ नेपालले अफगानिस्तानलाई दियो १ सय ९२ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि ४० खेलाडी बोलाइयो



file photo: anfa
अ+ अ-

काठमाडौं । बंगलादेशसँग असोजमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघले ४० खेलाडीलाई बोलाएको छ ।
नेपाल र बंगलादेशबीच असोज ११ गते मैत्रीपूर्ण खेल हुँदैछ । उक्त खेलका लागि एन्फाले कार्यवाहक प्रशिक्षकको भूमिकामा प्रदीप हुमागाईंलाई नियुक्त गरेको छ ।

हुमागाईंले युवा र अनुभवी खेलाडी समेट्दै ४० सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका हुन् ।

हुमागाईंले बोलाएकामा यसअघि अलमुताइरीसँगको विवादका कारण टिमबाट बाहिरिएका १० मध्येका ९ जना खेलाडी पनि छन् । प्रशिक्षकसँगको विवादपछि किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठ टिमबाट बाहिरिएका थिए ।

गोलरक्षकः किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ

डिफेन्डरः अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्‍जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ

मिडफिल्डरः संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट

फरवार्डः विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास