२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेलायत पठाइदिन्छु भनेर १५ लाख ठगी गर्ने व्यक्ति सिनामंगलबाट पक्राउ



प्रतीकात्मक तस्बिर
अ+ अ-

काठमाडौं । बेलायत पठाइदिन्छु भनेर ५ जनासँग १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सिजनल भिसामा बेलायत पठाइदिन्छु भन्दै ३/३ लाख रुपैयाँका दरले रकम लिएर फरार रहेका इलाम नगरपालिका–१ का प्रकाश राईलाई अपराध अनुसन्धान कार्यालयले आइतबार सिनामंगलबाट पक्राउ गरेको हो ।

राईले बेलायत जान एक जनाको ९ लाख रुपैयाँ लाग्ने र त्यहाँ मासिक ४ लाख रुपैयाँ तलबमा काम गर्न पाइने भन्दै रकम असुलेर फरार भएको अनुसन्धान कार्यालयले जनाएको छ ।