१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजु श्रीवास्तवको दिमागले कुनै प्रतिक्रिया जनाएन, भेन्टिलेटरमा उपचार जारी



अ+ अ-

एजेन्सी । चर्चित भारतीय हाँस्य कलाकार राजु श्रीवास्तव चार दिनदेखि दिल्लीको एम्स अस्पतालमा भेन्टिलेटरमा छन् । उनका फ्यानहरू राजुको स्वास्थ्य लाभको प्रार्थना गरिरहेका छन् ।

शनिबार राजुको स्वास्थ्यमा केही सुधार आएको थियो । उपचारमा संलग्न एक चिकित्सले भने ‘उहाँलाई पाइपबाट दूध पनि खुवाइँदैछ । मुटु र नाडी ठीकसँग काम गरिरहेको छ तर मस्तिष्कले काम गरिरहेको छैन ।’

राजुका परिवारका सदस्यहरूले भने – अमिताभ बच्चनले राजु श्रीवास्तवको फोनमा अडियो सन्देश पठाएका छन् । जसमा उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । जसमा अमिताभले ‘राजु उठ, भयो अब तिमिले धेरै काम गर्नुछ’ भनेका छन् ।

राजु अमिताभ बच्चनलाई आफ्नो आइडल मान्छन् । यसैबीच, डाक्टरले राजुलाई प्रतिक्रिया दिन नसक्ने सल्लाह दिएका थिए, त्यसैले यदि उनले प्रियजनको आवाज सुने भने उनले प्रतिक्रिया दिन सक्ने भन्दै अमिताभ बच्चनको सन्देश सुनाइएको हो ।