५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु



(सांकेतिक तस्बिर)
अ+ अ-

कर्णाली । डोल्पाको त्रिपरासुन्दरी नगरपालिका– ३स्थित जिउभन्ने स्थानमा एक स्काभेटर पहिरोमा पुरिँदा चालकको मृत्यु भएको छ ।

आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । स्काभेटर पुरिँदा नेपालगञ्ज उपमहानगरपालिका १९ बाँके राझा मोहोनपुर निवासी करिब ३२ वर्षीय सुरज बसाल मगरको मृत्यु भएको उहाँले बताउनुभयो ।

प्रवक्त श्रेष्ठका अनुसार दुर्घटनाको खबर पाएलगत्तै डोल्पा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दीपक महत क्षेत्रीको टोली उक्त घटनास्थलमा पुगेको थियो ।