५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाजुभाइ मिलेर बहिनीको प्रेमिको हत्या, बोरामा प्याक गरेको अवस्थामा शव फेला



अ+ अ-

पर्सा । जिल्लाको वीरगञ्जमा दाजुभाइ मिलेर बहिनीको प्रेमीको हत्या गरेका छन् । प्रहरीले सो घटनामा संलग्न रहेको आरोपमा बाराको विश्रामपुर घर भएका २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेललाई पक्राउ गरेको छ ।

बाराको विश्रामपुर–५ का २३ वर्षीय राजकुमार ठाकुर ट्युसन पढ्न साइकलमा जाँदै गर्दा हराएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

उनको शव शुक्रबार भेटिएको थियो । पटेल दाजुभाइको बयानको आधारमा ठाकुरको शव रक्सौलबाट मुज्जफपुर चल्ने ट्रेनको शौचालय छेउमा भेटिएको हो । ठाकुरको शव बोरामा प्याक गरेको अवस्थामा भेटिएको पर्सा प्रहरीले जनाएको छ ।

हत्याआरोपी दाजुभाइ वीरगञ्ज महानगरपालिका–१६ मा टेलर चलाउँदै आएका थिए ।

प्रहरीका अनुसार उनीहरूले आफ्नै टेलरभित्र लगेर ठाकुरको हत्या गरेको र मोटरसाइकलमा शव राखी रक्सौलमा रोकिराखेको ट्रेनको डिब्बामा छाडेका थिए ।

प्रेम गरेको रिसइबीमा ठाकुरको हत्या गरिएको उनीहरुले प्रहरी समक्ष बयान दिएका छन् ।

वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासको पहलमा मृतकको शव पर्सा प्रहरीले शनिबार साँझ भागलपुरबाट वीरगन्ज ल्याएको छ । नारायण अस्पतालमा राखिएको शवको पोष्टमार्टमपछि आवश्यक कारबाही अगाडि बढाइने पर्सा प्रहरीले जनाएको छ ।