२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचन केन्द्रित



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन घोषाणासँगै राजनीतिक दलले आआफ्ना सबै गतिविधि चुनाव केन्द्रित तुल्याउँदै लगेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मङ्सिर ४ गते एकै चरणमा गर्ने घोषणासँगै दलका सबै गतिविधि निर्वाचन केन्द्रित बन्न पुगेका हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले राजनीतिक दलले आआफ्ना बैठक, भेला, प्रशिक्षणलगायतका सबै गतिविधि निर्वाचन केन्द्रित तुल्याउँदै लगेको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “निर्वाचन केन्द्रित बैठक र भेला सुरु भएका छन्, अब उम्मेदवार सिफारिसको क्रम चलेसँगै थप चुनावी माहोल बन्नेछ, केही समयमै चुनावी जागरण अभियान चल्छ ।”

नेपालीको यस वर्षका मुख्य चाड दसँै, तिहार र छठमा हुने साथीभाइ तथा आफन्तजनबीचको भेटघाटले थप चुनावी रौनक प्रदान गरी चहलपहल र प्रचारप्रसारले तीव्रता पाउनेछ । नेकपा (एमाले)का केन्द्रीय सदस्य गणेशकुमार पहाडीले मुलुकका सबै राजनीतिक दलका गतिविधि पूरै निर्वाचन केन्द्रित भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीले सञ्चालन गर्ने शुद्धीकरण र सुदृढीकरण अभियानलाई निर्वाचन अभियानकारुपमा जोडेर लगेको छ, बैठक, भेला र प्रशिक्षण चुनाव केन्द्रित गरिएको छ, एमालेले घोषणापत्र निर्माण समिति र निर्वाचन परिचालन मूल कमिटी पनि घोषणा गरिसकेको छ ।”

आगामी निर्वाचनलाई केन्द्रित गरी मुलुकका प्रमुख राजनीतिक शक्तिबीच गठबन्धन र चुनावी तालमेलका विषयमा दिनहुँजसो वार्ता तथा संवाद चलिरहेको छ भने जिल्ला तहमा सम्भावित उम्मेदवारको छनोटका लागि चर्चा परिचर्चा सुरु भइसकेको छ ।

नेकपा(माओवादी केन्द्र)की नेत्री जयपुरी घर्तीले रासससँग कुराकानी गर्दै पार्टीको प्रदेश कमिटी, जिल्ला कमिटीका बैठक बसिरहेकाले उनीहरुले गर्ने निर्णयपछि स्थानीय तहमा निर्वाचन लक्षित कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही समयपछि प्रशिक्षण सुरु हुन्छ, त्यो जनतासमक्ष पुग्ने योजना छ, अब सबै गतिविधि निर्वाचन केन्द्रित हुन्छ ।” अर्कोतर्फ निर्वाचन आयोगले पनि ७६ बुँदाको निर्वाचन कार्यतालिका स्वीकृत गरी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मितव्ययी र निष्पक्ष तुल्याउन अर्जुनदृष्टिका साथ मूल लक्ष्यतर्फ अग्रसर भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन कार्यतालिकामा मिति घोषणादेखि निर्वाचन अवधि प्रारम्भ, बजेट अनुमान, राजनीतिक दल दर्ता र स्वीकृति, उम्मेदवारी मनोनय, निर्वाचन अधिकृत खटनपटन, मतदाता नामावली र मतपत्र छपाइ, निर्वाचन सामग्री व्यवस्थापन, ढुवानी, अनुगमन तथा मतदान र मतगणनासम्मका विषयवस्तु समेटिएको छ ।

उहाँले भन्नुभयो, “अबको आयोगको अन्तिम गन्तव्य वा अर्जुनदृष्टि भनेको आगामी मङ्सिर ४ गतेको निर्वाचन नै हो, निर्वाचनको मिति घोषणा हुनुअघि गर्नुपर्ने र मिल्ने तयारी गरिसकेको छ ।”

सरकारले यही साउन १९ गते आगामी निर्वाचनको मिति घोषणा गर्दा निर्वाचन तयारीका लागि आयोगसँग एकसय सात दिन उपलब्ध छ । आयोगले अहिले खासगरी निर्वाचनसम्बन्धी विभिन्न कार्यविधिलाई अन्तिम रुप दिने र निर्वाचन सामग्री व्यवस्थापन तयारीलाई उच्च प्राथमिकता दिएको छ । आगामी निर्वाचनमा भाग लिने प्रयोजनका लागि राजनीतिक दललाई दल दर्ताका लागि आयोगले यही साउन ३१ गतेसम्मको समय प्रदान गरेकामा शनिबारसम्ममा ४० दलले दर्ताका लागि निवेदन दिइसकेका छन् । रासस




भर्खरै