२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती नदीमा हाम फालेकी महिलाको जिवितै उद्दार



अ+ अ-

काठमाडौं । प्रहरीले थापाथलीस्थित बागमती नदीमा हाम फालेकी महिलाको जिवितै उद्दार गरेको छ ।

शनिबार अपरान्ह ४ः१६ बजेतिर थापाथलीस्थित काठमाडौँ र ललितपुर जिल्ला जोड्ने बागमती नदीको पुलबाट एकजना महिला हाम फालेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी बृत्त सिंहदरबारबाट खटिएको टोलीले महिलाको उद्दार गरेको हो ।

घटनास्थलमा खटिएको प्रहरी टोलीले महिलालाई ट्रमा सेन्टर पुर्‍याई उपचार गराइएको प्रहरीले जनाएको छ ।

उद्धारपश्‍चात महिलासँग सोधपुछ गर्दा उनले आफू  २० वर्षीया अञ्‍जली यादव रहेको र हाल ललितपुर कुपण्डोलमा बस्ने गरेको बताएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा प्रहरी बृत्त सिंहदरबारबाट थप अनुसन्धान भई रहेको प्रहरीको भनाई छ ।