२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन डर र कर दुवै हो: वरिष्ठ नेता पौडेल



file Photo
अ+ अ-

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्नेछन् भन्नुभयो ।

उहाँले भन्नुभयो, “ कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि होे ।” अहिलेको आवश्यकता मिलेर जानुपर्ने रहेको उहाँको भनाइ थियो । एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने जनाउँदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताउनुभयो । गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कुरा चलिरहेको छ, मिलाउने कोसिस हुन्छ ।”

को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले निर्णय नभएको जनाउँदै उहाँले गठबन्धनभित्र दाबी हुनु स्वाभाविक रहेको बताउनुभयो । दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “तलको जनमत हेरेर निर्णय लिन्छौँ ।” उहाँले थप्नुभयो, “कुन उम्मेदवारलाई अघि सार्दा कस्तो होला, जनमत कसको बढी छ त्यसलाई आधार मान्नुपर्छ ।” कांग्रेसले कांग्रेस जिताउने अभियान चलाउन कार्यकर्ताहरूलाई अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “कांग्रेसले कांग्रेसलाई जिताउने हो हराउने होइन ।”

आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री तपाईँ हो भन्ने पत्रकारको प्रश्नको जवाफमा उहाँले भन्नुभयो “यो निर्णय लिने जिम्मा पार्टीको हो । अहिले नै घोषणा गर्ने समय भएको छैन ।” कांग्रेस देशमा अहिले राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको उहाँले बताउनुभयो । फरक प्रसङ्गमा उहाँले नागरिकता विधेयक संसद्ले पास गरेकाले राष्ट्रपतिबाट रोकिन हुँदैन भन्नुभयो ।




भर्खरै