५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्रीद्वयले सभापतिको गृहकार्य नगरेपछि…



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औँ  महाधिबेशन सकिएको केही समयपछि महामन्त्री द्वय गगन थापा र विश्वप्रकास शर्मालाई एउटा गृहकार्य दिनुभएको थियो ।

लामो समयदेखि पार्टीका भातृसंगठनहरुलाई चलायमान बनाउन र बिधानले निर्दिष्ट गरेका काम तयार गरी प्रतिबेदन तयार पार्न निर्देशन दिनुभयो ।

कांग्रेसका अधिकांश भातृ संगठनले तोकिएको समयभित्र महाधिबेशन हुन नसक्दा लगभग सबै संगठन नेतृत्व बिहीन अबस्थामा थियो । पार्टीभित्र र बाहिर आलोचना बढेपछि सभापति देउवाले महामन्त्रीहरुलाई पार्टी एउटा गृहकार्य दिनुभयो । बिधानले तोकेअनुसार सबै भातृसंगठनहरुको नेतृत्व छनौट गरी प्रस्ताब पेश गर्न निर्देशन दिनुभयो ।

तर लामो समयसम्म महामन्त्रीहरुबाट प्रस्ताब नआएपछि देउवाले पटक पटक महामन्त्रीहरुलाई यसबारेमा सोधेको एक केन्द्रीय सदस्यले जानकारी दिनुभयो । कांग्रेसको पछिल्लो केन्द्रीय समितिको बैठकमा महामन्त्री थापाले सभापतिले पदाधिकारीलाई काम दिनुपर्यो भन्दै आफना कुरा राख्नुभयो । उहाँको भनाई थियो– ‘सभापतिजी हामीलाई पनि काम दिनुपर्यो ।’

यत्तिकैमा रोक्नुभयो सभापति देउवाले र भन्नुभयो– ‘तिमीहरु दिएको काम नगर्ने अनि काम माग्ने ? के तिमीहरुले आफूले गर्नुपर्ने काम गरेका छौ ?’

सभापति देउवाले यसअघि नै महामन्त्रीहरुलाई पार्टीका सबै विभागहरु गठनका लागि महामन्त्रीहरुसमक्ष नाम माग्नुभएको थियो । तर महाधिवेशन भएको यतिका दिनसम्म पनि उनीहरुले नाम दिन सकेका छैनन् ।

महामन्त्रीहरुले आफ्नो काम पूरा नगरेपछि सभापतिले आफु ‘अनुकुल’का कार्यकर्ता छान्दै नेपाल तरुण दल, नेपाल बिद्यार्थी संघ, किसान संघ, जनजाती महासंघ, महिला संघको नेतृत्व छनौट गर्नुभयो ।

सभापतिले आफु खुसी भातृसंगठनको नेतृत्व दिएको भन्दै फेरि महामन्त्रीहरुको प्रतिक्रिया सञ्चारमाध्याममा आएपछि बालुवाटारले असन्तुष्टि जनाएको ती सदस्यले बताए । सभापति देउवाको भनाई उद्धृत गर्दै ती सदस्यले भने– पार्टीको काम लठभद्र पार्ने तर सेलिब्रेटी बन्ने महामन्त्रीको शैली ठीक भएन ।

सभापति देउवा महामन्त्री थापाप्रति निकै असन्तुष्ट हुनुभएको ती सदस्यले बताए । उनले भने– स्थानीय तहको निर्बाचनका बेला महामन्त्री थापाको संयोजकत्वमा गठन भइ तयार भएको चुनाबी घोषणापत्र पनि विश्वविद्यालयको पाठ्यक्रम जस्तो भएको टिप्पणी सभापतिको थियो । यो त विश्वविद्यालयको एक वर्षे कोर्स जस्तो भयो, छोटो छरितो, तथा सरल भाषामा हुनु पर्ने त्यो पनि भएन ।

अझ ढिलो गरी चुनावी घोषणापत्र आउँदा महामन्त्रीहरुले पार्टीका तल्ला तहका सेमत पुर्याउन सकेनन् । पुगेको ठाउँमा पनि जनताले बुझ्न नसक्ने खालको भयो । पछिल्ला दिनमा नेता शेखर कोईराला समूहको बैठकमा महामन्त्री थापाको उपस्थितीप्रति असन्तुष्टि पनि सभापति देउवाले असन्तुष्टि जनाउनुभएको पनि ती सदस्यले जानकारी गराए ।