६ श्रावण २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

मङ्कीपक्सको नयाँ भेरियन्टको नामकरण



अ+ अ-

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सको नयाँ भेरियन्टको नामाकरण गरेको छ । पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मङ्कीपक्सको स्वरुप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नु परेको अधिकारीहरुको भनाइ छ ।

सांस्कृतिक तथा सामाजिक कारणले मङ्कीपक्सलाई वेवास्ता गरिएको र यसको असर विश्वभरी बढ्दै गइरहेको पनि डब्लुएचओले जनाएको छ ।

विज्ञहरुको एउटा समूहले अध्ययन तथा अनुसन्धान गरेर दिएको सिफारिसका आधारमा डब्लुएचओले मङ्कीपक्सको बारेमा निर्णय गरेको हो ।

विज्ञहरूको सिफारिस अनुसार नयाँ भेरियन्ट पनि धेरै प्रकारका रहेको र ती मध्ये केही मुख्य भेरियन्टहरुको नाम कङ्गो बेसिन क्लेड, क्लेड वान, क्लेड टु, क्लेड टुए र क्लेड टुबी रहेको जनाइएको छ । फैलिएको ठाउँका आधारमा यसको फेरियन्ट फरक फरक भएको र नाम पनि त्यही अनुसार फरक फरक राखिएको विज्ञहरुको टोलीले जनाएको छ ।

मङ्कीपक्सको नामाकरण भने यसको पहिलो पटक पुष्टि भएको बेला सन् १९५८ मै गरिएको थियो । अहिले त्यसको परिवर्तित स्वरुप फैलिदै गएको विज्ञहरुले बताएका छन् ।

मङ्कीपक्स नयाँ नयाँ भेरियन्टका साथ विश्वका धेरै देशमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठनले पनि सार्वजनिक स्वास्थ्यको चुनौतीको रुपमा यसलाई घोषणा गरेको छ । मङ्कीपक्स अहिलेसम्म विश्वका ८९ देशमा फैलिएको, केहीको मृत्यु भएको र हजारौँ सङ्क्रमित भएका सङ्गठनले जनाएको छ ।