१२ आश्विन २०८१, शनिबार
,
Latest
कुलेखानी जलाशयमा पानीको सतह घट्न थाल्यो केन्द्रिय सुरक्षा समितको बैठक सिंहदरबारमा जारी सप्तकोशीमा खतराको संकेतः रातो झण्डा गाडियो, खोलिए सबै ढोका नागरिकको सुरक्षाका लागि सरकार गम्भीर छ, शतर्कता अपनाउनु होस्ः कार्यवाहक प्रधानमन्त्री सिंह मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा पहिराका कारण तनहुँका विभिन्न ठाउँमा सडक अवरुद्ध मेची राजमार्गको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध प्रधानमन्त्रीको उपस्थितिमा मातृ–शिशु स्वास्थ्यमा सहकार्यसम्बन्धी सम्झौता पाथीभरा केबलकार ताप्लेजुङको विकास र समृद्धिमा कोसेढुङ्गो साबित हुनेछ–अध्यक्ष ढकाल नख्खु खोलाले बगाएर ४ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरपुर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटोफिचर)



अ+ अ-

संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरुले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ । यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको छ नै साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छन् यस्ता दृश्यहरु । तानातान, ठेलाम्ठेल, धकेलाधकेल यस्ता दृश्यहरु संसदका लागि नौलो होइनन् । आरोप, प्रत्यारोपका कुरा त संसदमा सामान्य बनिसके ।

तर पनि यस्ता दृश्य हेर्दा रोचक लाग्छ । किनभने नीति नियम बनाउने ठाउँ र बनाइरहेका व्यक्तिहरुको हरेक क्रियाकलाप चासोको विषय हुन्छन् । यस्ता दृश्यले कौतुहलता र मनोरञ्जन भने दिएका हुन्छन् नै । कतिपय संसदका दृश्यले कमेडी चलचित्रका दृश्यलाई समेत मात खुवाउँछ । एकातिर संसदीय विषयहरुमा छलफल र अर्कोतिर पछाडि बेन्चमा बसेर सांसदहरु गफिएका देखिन्छन् भने कोही फोनमा ब्यस्त त कोही निदाइरहेका पनि ।

यस्ता दृश्यले बाल्यकालमा विद्यालयको पठनपाठनका बेलाको याद दिलाउँछ । आरोप/प्रत्यारोपको व्यंग्य त छँदैछ तर अर्कोतिर भने संसदीय मर्यादालाई नै सांसदका गतिविधिले व्यंग्य गरेको दृश्यको रोचकता संसदमा नै देख्न सकिन्छ । संसद बैठकका धेरै समय कुर्सीहरु खाली नै हुन्छन् । सांसदहरु फोन र गफमा व्यस्त अनि निन्द्रमा मस्त । न्युज एजेन्सी नेपालका फोटोग्राफरहरुले आज यिनै संसद भित्र भएका सांसदका गतिविधिलाई कैद गरेका छन् । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठकमा देखिएका यिनै रोचक दृश्यहरु आजको फोटो फिचरमा ।