१० श्रावण २०८३, आईतवार
,
Latest
मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरपुर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटोफिचर)



अ+ अ-

संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरुले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ । यस्ता क्रियाकलापले संसदीय मर्यादाको खिल्ली त उडेको छ नै साथै सामाजिक सञ्जालमा पनि ट्रोल बन्छन् यस्ता दृश्यहरु । तानातान, ठेलाम्ठेल, धकेलाधकेल यस्ता दृश्यहरु संसदका लागि नौलो होइनन् । आरोप, प्रत्यारोपका कुरा त संसदमा सामान्य बनिसके ।

तर पनि यस्ता दृश्य हेर्दा रोचक लाग्छ । किनभने नीति नियम बनाउने ठाउँ र बनाइरहेका व्यक्तिहरुको हरेक क्रियाकलाप चासोको विषय हुन्छन् । यस्ता दृश्यले कौतुहलता र मनोरञ्जन भने दिएका हुन्छन् नै । कतिपय संसदका दृश्यले कमेडी चलचित्रका दृश्यलाई समेत मात खुवाउँछ । एकातिर संसदीय विषयहरुमा छलफल र अर्कोतिर पछाडि बेन्चमा बसेर सांसदहरु गफिएका देखिन्छन् भने कोही फोनमा ब्यस्त त कोही निदाइरहेका पनि ।

यस्ता दृश्यले बाल्यकालमा विद्यालयको पठनपाठनका बेलाको याद दिलाउँछ । आरोप/प्रत्यारोपको व्यंग्य त छँदैछ तर अर्कोतिर भने संसदीय मर्यादालाई नै सांसदका गतिविधिले व्यंग्य गरेको दृश्यको रोचकता संसदमा नै देख्न सकिन्छ । संसद बैठकका धेरै समय कुर्सीहरु खाली नै हुन्छन् । सांसदहरु फोन र गफमा व्यस्त अनि निन्द्रमा मस्त । न्युज एजेन्सी नेपालका फोटोग्राफरहरुले आज यिनै संसद भित्र भएका सांसदका गतिविधिलाई कैद गरेका छन् । संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठकमा देखिएका यिनै रोचक दृश्यहरु आजको फोटो फिचरमा ।