५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष बीच छलफल



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएपछि अहिले संसद् भवनमा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको छ । 

छलफलका लागि प्रधानमन्त्री देउवा ओलीको कार्यकक्षमा पुग्नुभएको बताइएको छ । छलफलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेका सुवास नेम्वाङ सहभागी हुनुहुन्छ ।

सदनको आजको कार्यसूचीमा एमसीसीमाथि छलफल गर्ने कार्यक्रम थियो । तर प्रधानमन्त्री देउवाकै आग्रहमा आजको बैठक स्थगित गरिएको हो । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र  नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेको साथ खोज्नुभएको छ । 

यसअघि उहाँहरुबीच अध्यक्ष ओली निवास बालकोट र प्रधानमन्त्री निवास बालुवाटारमा दुई पटक एमसीसी पारित गर्ने सम्बन्धमा छलफल भइसकेको छ ।