२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीद्वारा रक्षाबन्धन ग्रहण



अ+ अ-

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीे रक्षाबन्धन तथा जनैपूर्णिमाको अवसरमा वैदिक विधिअनुरूप रक्षाबन्धन ग्रहण गर्नुभएको छ ।

आज राष्ट्रपति भवन महाराजगञ्जमा उहाँले पण्डित खेमचन्द्र ढकालबाट रक्षाबन्धन ग्रहण गर्नुभएको हो । उहाँले काठमाडौँका राजोपाध्याय ब्राह्मण समुदायको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणी कर्ममा स्थापना गरिएको राजकलशको अभिषेक तथा प्रसाद ग्रहण गर्नुभएको छ ।

श्रावणी कर्म यज्ञ सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलशबाट राष्ट्राध्यक्षलाई अभिषेक तथा रक्षाबन्धन गर्ने परम्परा रहेबमोजिम मुलुकमा गणतन्त्रको स्थापनापछि राजकलशको अभिषेक राष्ट्रपतिबाट नै ग्रहण गर्ने प्रचलन स्थापित भएको छ ।

आज नै राष्ट्रपति भण्डारीले ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र, काठमाडौँका निर्देशक ब्रम्हकुमारी राजदिदीबाट पवित्रताको सूचक राखीसमेत ग्रहण गर्नुभयो । रासस




भर्खरै