१० श्रावण २०८३, आईतवार
,
Latest
सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

यु–१७ को प्रशिक्षणबाट १५ खेलाडी बाहिरिए



अ+ अ-

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यु–१७ च्याम्पियनसिप र एएफसी यू–१७ एशियन कप छनोटका लागि प्रशिक्षणमा रहेका १५ खेलाडि बाहिरिएको जनाएको छ ।

बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडी मध्येबाट १५ खेलाडी बाहिरिएको जनाएको हो । अब प्रशिक्षणमा टप ३० खेलाडी रहेका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले सम्हालेको टोलीबाट शुक्रवार बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीबाट १५ खेलाडी बाहिरिएको एन्फाले बताएको छ । यससँगै अब यु–१७ को बन्द प्रशिक्षणमा ३० खेलाडी मात्र रहेका छन् ।

श्रीलंकामा सेप्टेम्बर ५ हुने आयोजना हुने साफ यु– १७ च्याम्पियनसिपमा नेपाल समूह बीमा रहेको छ । नेपाल रहेको समूहमा भारत र भुटान रहेका छन् भने समूह ए मा आयोजक श्रीलंका बंगलादेश र माल्दिभ्स अटाएका छन् ।

यस्तै यु–१७ को अर्को प्रतियोगिता एशियन कप छनोट अक्टोबर १ देखि ९ सम्म हुँदैछ । त्यसका लागि पनि यही टोलीले सहभागिता जनाउने तालिका रहेको छ । छनोट खेल भियतनाममा आयोजना हुँदैछ ।