• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   लुक्लामा पासाङल्हामु स्मृति ‘ग्यालरी’ स्थापना ★   शून्य समय: संसद् अवरुद्धले नागरिकका गुनासा सम्बोधन हुन पाएनन  ★   सिक्किममा एसकेएम र अरुणाचलमा भाजपाको सरकार ★   स्रोत सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो: अर्थमन्त्री पुन ★   एक ओभरमा ११ बल फ्याँकेर लाजमर्दो कीर्तिमान राखे क्यानेडियन बलरले ★   राज्यका सबै अङ्ग र तहमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गयो: नेकपा एस ★   टी–२० विश्वकपको पहिलो खेलमै १० छक्का प्रहार गर्ने आरोन जोन्स को हुन् ? ★   सहकारी ठगहरुलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैन: अध्यक्ष केसी ★   सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा राप्रपा प्रमुख सचेतक शाहीको आपत्ति ★   दिल्लीका मुख्यमन्त्री केजरीवालले तिहाड जेलमा आत्मसमर्पण गर्दै

प्रशिक्षक प्रभाकर भोलि नेपाल आउने



काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर भोलि शनिबार नेपाल आउने भएका छन् ।

राष्ट्रिय टोलीको प्रशिक्षकबाट पुबुदु दशानायकेले राजीनामा दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले प्रभाकरलाई प्रशिक्षक बनाउने निर्णय गरेको थियो । क्यानका म्यानेजर विनोद दासले प्रभाकर शनिबार नेपालमा आउने तालिकाका रहेको जानकारी दिएका हुन् ।

प्रभाकरले एक दशक भन्दा बढी समय भारतको राष्ट्रिय टिमका लागि खेलिसकेका छन् । सन् १९८४ डिसेम्बरमा इंग्ल्याण्ड विरुद्ध टेष्टमा डेब्यु गरेका प्रभाकरले १९९५ मा न्युजिल्याण्ड विरुद्ध अन्तिम टेष्ट खेलेका थिए । उनले १९८४ कै अप्रिलमा श्रीलंका विरुद्ध एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए ।

प्रभाकरले यसअघि अफगानिस्तान क्रिकेट टिमको प्रशिक्षकका रुपमा काम गरेका थिए । भारतमा रणजी ट्रफीमा दिल्ली, राजस्थान र युपी क्रिकेट एसोसिएसनको प्रशिक्षकका रुपमा प्रभाकरले काम गरिसकेका छन् ।

नेपालले प्रभाकरको प्रशिक्षकत्वमा केन्याविरुद्ध पाँच खेलको टी–ट्वान्टी सिरिज र तीन खेलको एकदिवसीय अभ्यास सिरिज खेल्नेछ ।