२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

सडकको खाल्डाखुल्टी नपुरिँदा दैनिक दुर्घटना (फोटोसहित)

सडकको खाल्डाखुल्टी नपुरिँदा दैनिक दुर्घटना (फोटोसहित)
अ अ+ अ-

मोरङ । पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्टीका मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ ।

मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६/७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्टी नपुर्दा सवारी र यात्रुहरुले सास्ती व्यहोर्दै आउनुपरेको हो । ७ महिना अघिदेखि यस्तो समस्या हुँदासम्म सम्बन्धीत निकायले चासो नदेखाएको स्थानीयहरुको गुनासो छ । बाटोका खाल्डाखुल्टीका कारण यात्रुहरु दैनिक दुर्घटनामा पर्ने गरेका छन् ।

उक्त खाल्डाखुल्टी दुर्घटनाबाट यातायातहरुमा ठूलो क्षति भएको स्थानीयहरु बताउँछन् । यही बाटो दैनिक हिँड्ने चालकहरु यस क्षेत्रमा डरमा सवारी गुडाउनुपरेको बताउँछन् । उनीहरुले विगत ५ महिना यता सडकको स्थिति दयनीय रहेको बताए । उनीहरुले बाटो मर्मत हुननस्क्दा कुनैपनि बेला दुर्घटना हुने बताए । स्थानीय सरकारले लापरबाही गरेर मर्मतसम्हार नगर्दा सडक दुर्घटनाबाट हरेक दिनजसो दुर्घटना हुने गरेको बताए । उनीहरुले सडक निर्माण गरेको ६ महिना नबित्दै खाल्डाखुल्टी हुने समस्या रहेको बताउनु भयो ।

उक्त बाटो हुँदै दैनिक प्रदेश सरकारका संसद, मन्त्री र मुख्यमन्त्री हिँड्ने गरेपनि आवश्यक चासो नदिएको स्थानीयहरु बताउँछन् । बाटो भत्किएकै क्षेत्र उर्लाबारी ३ मंगलबारेमा सडक विभागको कार्यलय छ । तर सडको अवस्था न सांसदले देख्छन् न त सडक विभागले नै हेर्छ । कार्यलय परिसरमा सडक आसपास राखिने ठूलठूला बोर्ड र कार्यलयको अवस्था भने झारै झारले भरिएको र माकुराको जलै जालोले भरिएको छ । कार्यलय नामको मात्रै रहेको स्थानीय बताउँछन् ।

देशकै मुख्य बाटोको हालत यस्तो हुँदासम्म कुनै पक्षबाट चासो दिएको देखिँदैन । दैनिक हजारौंको संख्यामा गाडी गुड्ने बाटोको यो अवस्थाले स्थानीयहरु हरेक दिनजसो सडक दुर्घटनामा हुने गरेको बताउँछन् । यही बाटो भएर धेरै यातायात जिल्लाको सदरमुकाम विराटनगर र देशको संघीय राजधानी काठमाडौ जाने गरेका छन् । यही बाटोमा ठाउँठाउँमा पटके कर र ट्राफिक चेकिङ हुन्छ । तर बाटोले भने मर्मतसम्म पाएको छैन । महिनौंदेखि साना सवारी फस्ने खाल्डाखुल्टी हुँदासम्म तीनै तहका सरकार मौन छन् ।