• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस ★   टी-२० विश्वकप खेल्ने राष्ट्रिय खेलाडीलाई जनही १३ लाख पुरस्कार ★   पदयात्रा गरी बिदा मनाउने स्थलका रुपा परिचित हुँदै वाग्द्वार ★   सरकारले केही व्यापारिक घरानाले कर छल्न सक्नेगरी बजेट ल्यायो: डा. आरजु राणा ★   सलमान खानको अपार्टमेन्ट बाहिर फाईरिङ​ भएको घटनामा थप एक जना पक्राउ ★   प्रधानमन्त्रीसँग सिपिपिसिसीका उपाध्यक्षको शिष्टाचार भेट ★   मुलुक बाहिर बसेर आर्जन गरेको ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन गैर आवासीय नेपालीलाई महासंघ… ★   नर्वेद्वारा युक्रेनलाई १० करोड ३० लाख डलर सहयोग ★   मेलाबाट भएको आम्दानीबाट पर्यटन पूर्वाधार निर्माण ★   गजुरीदेखि चौतारा जोड्ने सडक कालोपत्र सुरु

विपतपुरका आगलागी पीडितलाई ओतको चिन्ता



कैलारी गाउँपालिका– ७ स्थित बिपतपुर मुक्तकमैया बस्तीमा आगलागी

गोदावरी । कैलारी गाउपालिका–७ विपतपुरका मुक्तकमैयालाई वर्षायाममा ओतको चिन्ताले सताएको छ । चार महिनाअघि आगलागीबाट घरबार गुमाएका उनीहरु अहिले त्रिपालमुनि कष्टकर जीवन बिताउन बाध्य भएका छन् ।

कैलारी गाउपालिका–७ विपतपुर बस्तीमा गत वैशाख ११ गते भिषण आगलागी हुँदा सो बस्तीका २७ घर जलेपछि घाम र पानीको प्रबाह नगरी उनीहरु दिनरात दिन विताउन बाध्य भएका हुन । सो बस्तीमा रहेका ७१ घरपरिवारमध्ये २७ घर पूर्णरुपमा जलेका थिए भने ३४ घरमा आंशिक क्षति भएको थियो ।

सो मुक्तकमैया बस्तीका ३६ वर्षीषा देवी चौधरीले नेपाल रेडक्रस सोसाइटीले दिएको पालमुनि दिनरात बिताउँदै आएको दुखेसो गर्नुभयो । उहाँले भन्नुभयो, “वर्षायामको समय छ हावापानीले कैयौँ दिन ओत लाग्न बनाएको त्रिपाल उडाएको मात्र छैन, सर्प र किराको डर पनि त्यत्तिकै छ । ” आगलागीले घरबारविहीन बनाएपछि खानलाउन पनि त्यत्तिकै समस्या भइरहेको आगलागी पीडितको गुनासो छ । वर्षायाममा गाउँमा ज्यालामजदुरी नपाउँदा कामका लागि अन्यत्र भौतारिनु परेको उनीहरुकको गुनासो छ ।

सरकारले २०६४ सालमा ७१ मुक्तकमैया परिवारलाई पाँच कठ्ठाका दरले जग्गा वितरण गरेर विपतपुरमा बसोबास गराएको थियो । कैलारी गाउँपालिका–७ का वडाध्यक्ष दीपेन्द्र बमले आगलागीपीडित परिवारलाई घरनिर्माण गर्न काठको व्यवस्था गर्न समस्या भइरहेको बताउनुभयो । आगलागी पीडितलाई प्रदेश सरकारले रु ५० हजार राहत वितरण गर्नुका साथै वर्षायामअघि नै घर निर्माण गर्ने आश्वासन दिए पनि अहिलेसम्म आश्वासन पूरा हुन सकेको छैन । विपतपुरका मुक्तकमैयाले नयाँ लालपुर्जाका लागि भूमिसुधार र मालपोत कार्यालयमा आग्रह गरेका छन् ।

उनीहरुले २०६३ फागुन २१ गते ६५ घरधुरीलाई प्राप्त जग्गाको लालपुर्जा हाल साविक गरि नयाँ लालपुर्जा दिन आग्रह गरेका छन् । सो बस्तीका दाउराम चौधरीले ६५ घरधुरीलाई उपलब्ध गराइएको जग्गाधनी प्रमाणपत्रअनुसारको ब्लुप्रिन्ट, फाइल नक्सा उपलब्ध गराउनुपर्ने, पुन।स्थापना प्रक्रियाका क्रममा १३ घरधुरी मुक्तकमैयालाई परिचयपत्र उपलब्ध गराउनुपर्ने माग गर्दै आएको बताउनुभयो ।

मालपोत कार्यालयका नायबसुब्बा लक्ष्मण जोशीले १३ घरधुरीलाई कागजमा लेखेको चुट्काका विषयमा भूमि आयोगले हेर्ने र ५२ घरधुरीलाई दिएको लालपुर्जाका विषयमा भने फेरि लालपुर्जा दिन सकिने जानकारी दिनुभयो ।