१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चर्चित भारतीय हास्य कलाकार राजु श्रीवास्तवको स्वास्थ्यमा सामान्य सुधार



अ+ अ-

एजेन्सी । भारतीय चर्चित हास्य कलाकार राजु श्रीवास्तव हृदयघातका कारण विगत तीन दिनदेखि अस्पतालमा भर्ना भएका छन् । उनका फ्यानहरुले उनको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

यसैबीच उनको स्वास्थ्यमा राहतको खबर आएको छ । पछिल्लो दुई दिनदेखि उनको स्वास्थ्यमा कुनै सुधार नभएको तर तेस्रो दिनदेखि उनको शरीरले प्रतिक्रिया दिन थालेको बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि बिहीबार राति करिब १० बजे श्रीमतीसँग फोनमा कुरा गरेर राजुको अवस्थाबारे जानकारी लिएका थिए । पीएम मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि राजुको स्वास्थ्यमा निरन्तर नजर राखिरहेका छन् ।

दिल्लीको एक होटलमा वर्कआउट गर्ने क्रममा राजुलाई हृदयघात भएको थियो । उनी अचानक ट्रेडमिलबाट खसेपछि उनलाई तत्काल एम्समा भर्ना गरिएको थियो ।

राजुको उपचारमा संलग्न मुटुरोग विशेषज्ञ डा सन्दीपका अनुसार ४८ घण्टामा उनले पहिलो पटक खुट्टा मोडेका छन्, जुन सकारात्मक संकेत हो । राति अबेर आएको एम्सको हेल्थ बुलेटिनमा पनि राजुको स्वास्थ्य अवस्थाबारे जानकारी दिइएको छ ।

बुलेटिनका अनुसार राजुको स्वास्थ्यमा तीव्र सुधार भइरहेको छ । उनका पीआरओ गर्वन्त नारङका अनुसार राजुको दिमागले अझै काम गरिरहेको छैन । जसका कारण उनलाई अहिले पनि भेन्टिलेटरमा राखिएको छ ।

हृदयघातपछि राजु श्रीवास्तवको बुधबार तेस्रो पटक एन्जियोप्लास्टी गरिएको थियो । १० वर्षअघि मुम्बईको कोकिलाबेन अस्पतालमा पहिलो पटक उनको एन्जियोप्लास्टी गरिएको थियो । त्यसपछि सात वर्षअघि लीलावती अस्पतालमा उनको दोस्रो पटक एन्जियोप्लास्टी गरिएको थियो ।