१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० करोड भारुको अफर रहेपनि अल्लु अर्जुनले गरे रक्सी कम्पनीको विज्ञापन अस्वीकार



अ+ अ-

एजेन्सी । साउथका सुपरस्टार अल्लु अर्जुनले रक्सी कम्पनीको विज्ञापनको प्रस्ताव अस्वीकार गरेका छन् । साउथ इन्डस्ट्री व्यापार विश्लेषक मनोबाला विजयबलनका अनुसार अल्लुलाई रक्सी कम्पनीले १० करोड भारु प्रस्ताव गरेको थियो ।

मनोबालाले अल्लुलाई सिद्धान्तको पालना गरेकोमा बधाई पनि दिएका छन् । साउथ स्टारले एउटा ब्रान्डको समर्थन गरेबापत ७.५ करोड भारु लिन्छन् । यसअघि उनले एक सुर्ती कम्पनीको विज्ञापनको प्रस्ताव अस्वीकार गरेका थिए ।

अल्लुका नजिकका साथीले आफ्ना फ्यानहरूले यी चीजहरूको विज्ञापन हेरेपछि त्यस्ता उत्पादनहरू प्रयोग गर्न नचाहेको बताएका छन्, जसले गर्दा उनीहरू यसको लतमा पर्छन् । आफूले जे उपभोग गर्दैनन्, त्यसलाई किन प्रवर्द्धन गर्ने भन्ने विश्वास अल्लुको छ ।

मिडिया रिपोर्टका अनुसार अल्लुले तंबाकू कम्पनीको विज्ञापनको करोडौंको अफर अस्वीकार गर्दै भनेका थिए– ‘म फ्यानमाझ कुनै गलत कुराको प्रचार गर्न चाहन्न । म आफै पनि चुरोट खाँदिन ।’