१८ असार २०८३, बिहीबार
,
Latest
नवनियुक्त सेबोन अध्यक्ष डा.भट्टलाई स्टक ब्रोकर एसोसिएसनको बधाई, पुँजी बजार सुधारमा सहकार्य गर्ने प्रतिबद्धता कर्णाली प्रदेश सरकारको उच्च प्राथमिकतामा मानसिक स्वास्थ्य सिंहदरबार घेराउ गर्न लागेका दृष्टिविहीनहरुलाई प्रहरीले रोक्यो शिक्षामन्त्रीद्वारा त्रिवि सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाको शपथ अदालतको फैसला कार्यान्वयनका लागि पत्रकार खेम भण्डारी पक्राउ मनसुनजन्य सडक अवरोध हटाउन सडक विभागको पूर्वतयारीः देशभर २ सय ७७ उपकरण तैनाथ पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार हुम्लामा सहुलियतको चामल बिक्री सुरु सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार विज्ञ नियुक्त संसद्मा विशेष समय जारी, सार्वजनिक खरिददेखि सहकारी संशोधन विधेयकमाथि छलफल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउदीका विद्यार्थी फेरि विद्यालय जान थाले



अ+ अ-

रियाद । लामो समयदेखि विद्यालय जान नपाएका साउदी अरबका विद्यार्थीहरु आइतबारदेखि विद्यालय जान थालेका छन् । 

अनलाइनमार्फत बढिरहेका विद्यार्थीहरु अहिले भने भौतिकरुपमै विद्यालय उपस्थित भएर अध्ययन गर्न थालेका हुन् । योसँगै नयाँ शैक्षिकसत्रसमेत सुरु भएको जनाइएको छ । 

गत १७ महिनादेखि घरमै पढिरहेका ती विद्यार्थीहरु विद्यालय गएर पढ्न पाएपछि खुशी व्यक्त गरेका छन् । 

घरमै बसेर अनलाइनमार्फत भइरहेको पढाइमा गुणस्तर नभएपछि र कोरोना भाइरसको महामारी पनि कम हुँदै गएपछि भौतिकरुपमै अध्ययन अध्यापन सुरु गरिएको हो ।

शैक्षिक अधिकारीहरुका अनुसार अहिले १२ वर्ष पूरा भएका वा सोभन्दा बढी उमेरका बालबालिकालाई मात्रै विद्यालय आउन दिने व्यवस्था गरिएको छ । 

प्राथमिक विद्यालय तह र पूर्वप्राथमिक तहका विद्यार्थीहरुलाई भने अझै पनि विद्यालय आउन अनुमति दिइएको छैन ।

“कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा नलगाएको र १२ वर्षभन्दा कम उमेरका व्यक्तिहरुलाई विद्यालय अझै पनि खुला गरिएको छैन”, एक अधिकारीले भने ।

उनीहरुलाई नयाँ शैक्षिकसत्रमा पनि अनलाइनमार्फत नै अध्यापन गराइने अधिकारीहरुले जानकारी दिएका छन् । भौतिक उपस्थितिमै भइरहेका अध्ययन अध्यापनको कार्यको उप शिक्षामन्त्री साद बिन साउद अल फहिदले कतिपय विद्यालयहरुमा स्थलगत अवलोकन पनि गर्नु भएको छ ।   

उनीहरुको स्वास्थ्य सुरक्षाको सुनिश्चितता हुनेगरी उच्च सतर्कता अपनाउन उहाँले सबैलाई निर्देशन दिनुभएको छ । 

“हामीले सवै विद्यालयहरुलाई नजिकबाट निकालिरहेका छौँ, विद्यार्थीहरुको सुरक्षाको अवस्था र विद्यालयको व्यवस्थापनका बारेमा हाम्रो चासो छ”, उहाँले भन्नुभयो ।

विद्यालयमा विद्यार्थीहरुको प्रवेश, बस्ने व्यवस्था, बाहिरिने व्यवस्थालगायतमा विषेश ध्यान दिन सरकारी अधिकारीहरुले आग्रह गरेका छन् । 

विद्यालयका सबै गतिविधिमा सामाजिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न पनि विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुलाई विशेष सर्तक गराइएको छ ।
 (रासस, सिन्ह्वा)