१८ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा मन्त्री चौधरीको कडा निगरानी, हटलाइनको सूचनाले गुल्मीमा कालोबजारीको पर्दाफास हात्तीपाइले रोग लगाउने परजीवीबारे अध्ययन युक्रेनमा रूसी आक्रमण जारी पछिल्लो आक्रमणमा आठको मृत्यु राजनीतिक दलको संलग्नता भए रेडक्रसबाट अलग हुनुहोस् : नेपाल रेडक्रस सोसाइटी ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी टीकापुर नगरपालिकाको बजेट एक अर्ब तीन करोड नेपाल–कोरिया पर्यटन प्रवर्द्धन समझदारीपत्रमा हस्ताक्षर शुक्लफाँटा राष्ट्रिय निकुञ्जका विस्थापित परिवारको व्यवस्थापनका लागि अध्ययन समिति गठन विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्चमा सुनुवाइ हुँदै बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीलाई सबैभन्दा ठूलो राजनीतिक शक्ति बनाउने वाईसियल नेता, कार्यकर्ताहरुको प्रतिवद्धता



अ+ अ-

काठमाडौं । वाईसियल, नेपालका नेता, कार्यकर्ताहरुले आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा (माओवादी केन्द्र)लाई सबैभन्दा ठूलो दल बनाउने प्रतिवद्धता जनाएका छन ।

काठमाडौंमा जारी राष्ट्रिय भेलामा सहभागी भएका उनीहरुले युवाहरुलाई परिचालन गरेर आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो राजनीतिक शक्तिको रुपमा स्थापित गराउने प्रतिक्रिया दिएका हुन । सोही काममा नेतृत्व दिन सक्ने व्यक्तिलाई संगठनको नेतृत्वमा ल्याउनुपर्ने वाईसियलका नेता, कार्यकर्ताहरुको पार्टी नेतृत्वसँग माग छ । आगामी निर्वाचनमा माओवादी केन्द्रलाई पहिलो शक्तिको रुपमा स्थापित गराउने गरी युवाहरुलाई परिचालन गरेर अघि बढने योजनासहित आफूहरु परिचालित हुने वाईसियल नेपाल भक्तपुरका संयोजक नरेश वाईबाले बताउनु भयो । उहाँले त्यसका लागि देशभरका युवाहरुलाई परिचालन गरेर जनतामाझ जान सक्ने नेतृत्वको आवश्यकता छ ।

सिन्धुपाल्चोकका वाईसियल संयोजक रुपेन्द्र आचार्यले आगामी निर्वाचनमा देशको पहिलो राजनीतिक पार्टी माओवादी केन्द्रलाई बनाउने गरी आफ्नो संगठनलाई सशक्त बनाएर अघि बढने बताउनु भयो । उहाँले त्यसका लागि वाईसियल नेपालले मुलुकभर राजनीतिक पहुँच वृद्धि गरेर अघि बढनुपर्ने भएकाले सोही अनुसारको नेतृत्व बनाउनुपर्नेमा जोड दिनु भयो ।

उता, मकवानपुरकी जिल्ला संयोजक अनु लामाले युवाहरुलाई सक्षम र दक्ष बनाएर माओवादी केन्द्रलाई मुलुकको पहिलो पार्टी बनाउन वाईसियल नेपालले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले युवाहरुको परिचालन गरेर मात्रै माओवादी केन्द्रलाई सबल पार्टी बनाउन सकिने तर्क पनि गर्नु भयो ।

वाईसियल नेपालको जारी राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय कार्य समिति र अध्यक्षसहित ३५ जना पदाधिकारी चयन गर्नेछ । मूल नेतृत्व सहमतिमै चयन गर्न पार्टी नेतृत्वले प्रयास गरिरहेको पनि वाईसियल, नेपालले जनाएको छ ।