७ असार २०८३, आईतवार
,
Latest
अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने एसइई उत्तरपुस्तिका व्यवस्थापनमा देखिएको त्रुटि छानबिन गर्न नेविसंघको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्याग्दीको रिखारमा यस वर्षदेखि नियमित पूजा



अ+ अ-

गलेश्वर । जनैपूर्णिमाका दिन म्याग्दीको रिखार क्षेत्रमा सप्तऋषिको विशेष पूजाआजासहित मेला लाग्ने लागेको छ । हिन्दूहरुको धार्मिक ग्रन्थ श्रीमद्भागवतका अनुसार सप्तऋषिले तपस्या गरी ज्ञान हासिल गरेको पवित्र तीर्थस्थलका रुपमा चिनिँदै आएको रिखार क्षेत्रमा जनै पूर्णिमाको दिन विशेष पूजासहित मेला आयोजना गरिएको हो ।

दुई वर्षसम्म कोभिड–१९ को सङ्क्रमणका कारण पूजा रोकिएकामा यस वर्ष स्वास्थ्य मापदण्डको पालना गरी क्षमा पूजासहित मेला आयोजना गरिएको हो । धर्तीको स्वर्ग र हिमाली देवताको बासस्थान भनेर चिनिने पवित्र रिखार क्षेत्र रघुगङ्गा गाउँपालिका–८ कुँइनेमङ्गलेमा पर्दछ । यो क्षेत्र धार्मिक तथा प्राकृतिक सौन्दर्यले युक्त छ ।

हिन्दू धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार वैदिक समाजका आरम्भकर्ता सप्तऋषीलाई मानिन्छ । मत्स्य पुराणका अनुसार संसार प्रलय भई जलमय हुँदा महाराज सत्यव्रत र अरुन्धतीसहित सप्तऋषि डुङ्गामा चढी सुरक्षितस्थलको खोजीमा समुद्रमा घुम्दै गर्दा लगातार उत्तरतर्फ डुङ्गा खियाउँदै जाँदा उनीहरुले उत्तरापन्थमा धौलागिरि पर्वतलाई समुद्रका बीचमा माथि उठेको देखेको र आफ्नो डुङ्गालाई त्यतैतिर अघि बढाई यहाँ आएर तपस्या गरेको उल्लेख छ ।

पुराणमा उल्लेख भएअनुसार पुलहाश्रमअन्तर्गतका चार धाममध्ये एक धाम मानिने ऋषिराश्रम धामको पूर्वमा गलेश्वरधाम, पश्चिममा मानसरोवरधाम, दक्षिणमा जगन्नाथ धाम र उत्तरमा मुक्तिनाथ धाम छन् । वाल्मीकि गुफा, अरुन्धती गुफा र सप्तऋषि गुफा यस क्षेत्रमा छन् । डुङ्गा आकारको ढुङ्गा र गुफाले मत्स्यपुराण र श्रीमद्भागवत् महापुराणका दृष्टान्तलाई सत्य प्रमाणित गरिदिएको पण्डित भीमनाथ पराजुलीले बताउनुभयो । सप्तऋषिको तपोभूमिसमेत रहेको रिखार क्षेत्र हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मानिन्छ ।

हिन्दूका विभिन्न धार्मिक ग्रन्थमा रिखार क्षेत्रका बारेमा वर्णन गरिएको भए पनि यस क्षेत्रको प्रचारप्रसार हुन नसकेको पण्डित नीलकण्ठ आचार्यले बताउनुभयो । सप्तऋषिले तपस्या गरेको यस क्षेत्रमा हरेक वर्ष विशेष पूजाआजासहित मेला लाग्छ । यस वर्ष सावधानी अपनाएर पूजालाई निरन्तरता दिइएको रिखार युवा क्लबका संरक्षक अङ्कीत पुनले बताउनुभयो ।

रिखार क्षेत्र समुद्री सतहदेखि चार हजार छ सय मिटरको उचाइमा अवस्थित छ । यहाँ पुग्ने हरेक भक्तजन र पर्यटक यहाँको प्राकृतिक छटा देखेर लोभिने गर्दछन् । पछिल्लो समय कुँइनेमङ्गले नजिक सवारी साधन पुगेपछि यस वर्ष यहाँ उल्लेख्य भक्तजन आएका क्लवका संरक्षक पुनले बताउनुभयो ।