२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमणबाट ५ जनाको मृत्‍यु, ८१५ संक्रमित थप



अ+ अ-

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५३४ जनाको परीक्षणमा ८१५ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार २ हजार ४ सय ११ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ६५ जना र २ हजार १ सय २३ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय ५० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् भने दुई सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा कैलाली र मोरङ छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट र हुम्ला छन् ।

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा दुई हजार नौ सय २२, ललितपुर आठ सय ६८ र भक्तपुरमा ८९ सक्रिय सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमणदर १७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ८२ जनाको मृत्यु भइसकेको छ ।