५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रक्षाबन्धन, जनैपूर्णिमा साउन २७ गते शास्त्रसम्मत’



अ+ अ-

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्वका बारेमा विभिन्न टीका–टिप्पणी भएकामा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

समितिले विज्ञप्ति प्रकाशित गरी साउन २७ गते शुक्रबार नै ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउनुपर्ने जनाएको छ । यो पर्व साउन २६ गते बिहीबार मनाउनुपर्ने भनी केही सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतबाट भइरहेको प्रचार–प्रसार शास्त्रसम्मत नरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस वर्षको जस्तो तिथिको अवस्था विसं २०७०, २०६१, २०५५, २०३१, २०३०, २०२४ र १९९४ मा भएको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई र कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । ती वर्षमा पनि रक्षाबन्धनकै दिन गाईजात्रा पर्व मनाइएको थियो ।

“धर्मशास्त्रमा विभिन्न मत भए पनि हाम्रो शाखा सूत्रअनुसार उदयव्यापिनी पूर्णिमा तिथिकै दिन उपाकर्म, रक्षाबन्धन आदि गर्ने हाम्रो परम्परा रहेको छ”, विज्ञप्तिमा उल्लेख गरिएको छ । साउन २६ गते सूर्योदयको दुई घडीपछि पूर्णिमा तिथि लाग्छ । साउन २७ गते चार घडीभन्दा कम पूर्णिमा तिथि छ । पूर्णिमा तिथि टुटेको समितिले जनाएको छ । यस्तो अवस्थामा साउन २७ गते नै रक्षाबन्धन पर्व मनाउनुपर्ने शास्त्रीय वचनअनुसार समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएकाले भ्रममा नपरी त्यसै अनुरुप पर्व मनाउन समितिले आह्वान गरेको छ ।