२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनमा एमालेले एक सिटपनि नजित्ने कांग्रेसका सह–महामन्त्री यादवको दाबी



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले अब एमाले २० वर्षसम्म शासनमा नफर्कने ठोकुवा गरेका छन् । आगामी निर्वाचनमा एमालेले एक सिटपनि नजित्ने उनको दाबी छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अब २० वर्षसम्म फेरि एमाले शासनमा फर्किन्छु भनेर त्यो आँट नगरे हुन्छ । नेपाली जनताले अब तपाईँहरुलाई शासनमा ल्याउँदैनन् । अब तपाईहरु कहाँ चुनाव जित्नुहुन्छ ? सर्भे गर्नुहोस । स्थानीय तहमा २०० सय सिट त आयो । यदि हाम्रो वडासम्म गठबन्धन गएको भए १० सिट पनि आउँदैन थियो । अबको संसद्को निर्वाचनमा एक सिट चाहीँ आउने सम्भावना छ । केपी ओली जित्ने सम्भावना छ । त्यो पनि राप्रपासँग गठबन्धन गर्नुभयो भने । नभए कुनै हालतमा आउँदैन् । मैले दोहोर्याएर भनेको छु कि केपी ओली बल्लबल्ल जित्ने सम्भावना छ । निर्वाचन आयोगको अपडेट लिनुहोस । यसपटक एमाले शुन्यतिर जानसक्छ । हरेक मोर्चामा एमाले असफल भएको छ ।’

उनले एमालेले राष्ट्रवादको नाममा जनता ठग्ने काम गरेको आरोप लगाए । उनले भने,‘एमालेका साथीहरुलाई म भन्छु–अब राष्ट्रवादको नाममा नेपाली जनता ठग्ने कोशिस नगर्नुहोस । किताब त छाप्नुभयो । किन पुर्याउनुभएन रु स्कुलमा किताब देखिनँ । तुईन हटाउछु भन्नुभएको थियो, हट्यो त रु तपाईँहरुले परराष्ट्र नीति सन्तुलित पनि बनाउन सक्नुभएन । यो सरकारले छोटो अवधिबाट देशलाई श्रीलंका हुनबाट बचाईदियो ।’

यादवले नागरिकता विद्येयक पास दुवै सदनबाट भैसकेको र प्रमाणिकरणको लागि राष्ट्रपतिकहाँ पुगेको सुनाउँदै तत्काल प्रमाणिकरण गर्न आग्रह गरे ।