• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   ‘नेलपलिस’को गन्ध आएपछि धावनमार्गबाट विमान फर्काइयो ★   एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा ★   पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध ★   स्रोत नखुलेको एक करोड एक लाखसहित पक्राउ ★   टी–२० विश्वकपः आयोजक अमेरिकाको विजयी सुरुवात, क्यानडालाई ७ विकेटले हरायो ★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने

पद नपाए गुटबन्दी गर्ने र स्वार्थका लागि जे पनि गर्ने प्रवृत्ति देखिन थाल्यो: माधव नेपाल



file

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीभित्र पद र पैसाका लागि स्वार्थ देखिन थालेको बताउनुभएको छ । बिहीबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले पार्टीभित्र पद र पैसाका लागि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताउनुभयो ।

उहाँले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका लागि जे पनि गर्ने प्रवृत्ति नेपालको कम्युनिष्ट आन्दोलनमा भित्रिएको भन्दै त्यस्तो प्रवृत्ति अहिले आफ्नो पार्टीमा भित्रिएको उल्लेख गर्नुभयो ।

“‘म’ बाट सुरु गर्ने प्रवृत्ति व्याप्त भएको भन्दै अध्यक्ष नेपालले ‘म’ ने पाइन भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने प्रवृत्तिलाई अन्त्य गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “‘म’ भन्दा भिन्न सोच राखेर अघि बढ्नुपर्छ, सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना बनाउनुपर्छ ।”