२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पद नपाए गुटबन्दी गर्ने र स्वार्थका लागि जे पनि गर्ने प्रवृत्ति देखिन थाल्यो: माधव नेपाल



file
अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीभित्र पद र पैसाका लागि स्वार्थ देखिन थालेको बताउनुभएको छ । बिहीबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा उहाँले पार्टीभित्र पद र पैसाका लागि व्यक्तिवादी स्वार्थ देखिन थालेको बताउनुभयो ।

उहाँले पद नपाए गुटबन्दी गर्ने र स्वार्थका लागि जे पनि गर्ने प्रवृत्ति नेपालको कम्युनिष्ट आन्दोलनमा भित्रिएको भन्दै त्यस्तो प्रवृत्ति अहिले आफ्नो पार्टीमा भित्रिएको उल्लेख गर्नुभयो ।

“‘म’ बाट सुरु गर्ने प्रवृत्ति व्याप्त भएको भन्दै अध्यक्ष नेपालले ‘म’ ने पाइन भने जस्तोसुकै कुकर्म गर्न पनि तयार हुने प्रवृत्तिलाई अन्त्य गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “‘म’ भन्दा भिन्न सोच राखेर अघि बढ्नुपर्छ, सिद्धान्त र आदर्शप्रति समर्पित हुने भावना बनाउनुपर्छ ।”