२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बित प्रधानन्यायाधीश जबरामाथि शुक्रबारदेखि अध्ययन



प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणा ( फाइल फोटो )
अ+ अ-

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगमाथि अध्ययन सुरु हुने भएको छ । महाअभियोग सिफारिस समितिका अनुसार निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोगमाथि शुक्रबार अध्ययन सुरु हुने भएको हो । उपत्यका बाहिर रहेका समितिका सदस्यहरु काठमाडौँ फर्किसकेकाले अब अध्ययन सुरु हुने भएको हो ।

गत फागुन १ गते जबराविरुद्ध महाअभियोग दर्ता भएको थियो । उनीविरुद्ध २१ वटा आरोप लगाइएको थियो । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी तत्कालीन सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का तत्कालीन प्रमुख सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक भई जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग दर्ता गरिएको थियो ।

प्रतिनिधिसभाले महाअभियोग प्रस्ताव दर्ता भएपछि फागुन २२ गते संविधानअनुसार महाअभियोग सिफारिस समिति बनाएको थियो भने फागुन २९ गते प्रतिनिधिसभामा पेस भएको उक्त प्रस्तावमाथि यही साउन २२ गते सैद्धान्तिक छलफल गरेर महाअभियोग सिफारिस समितिमा पठाएको थियो ।

एघार सदस्यीय महाभियोग सिफारिस समितिमा एकवाल मियाँ, कल्याणीकुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद साह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्डित, विष्णुप्रसाद पौडेल र डा. शिवमाया तुम्बाहाङ्फे सदस्य हुनुहुन्छ ।