• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल ★   विपद् प्रतिकार्यका लागि रेडक्रसले ७७ वटै जिल्लामा खटायो तालिमप्राप्त स्वयंसेवक ★   सरकारलाई दिएको समर्थन फिर्ता लिने एमालेको तयारी ★   मनाङको बाटो सधैँ जोखिमपूर्ण ★   प्रतिनिधिसभाका सचिव अधिकारीको शपथ ★   युरो कपको क्वाटरफाइनल खेल्ने सबै टोलीको टुंगो लाग्यो, यी ८ टोलीबीच हुनेछ भिडन्त ★   महामन्त्री ढकालको प्रतिवेदन हुबहु सार्वजनिक गरिने ★   भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो ★   ब्रिटिस कलेज बन्यो नेपालकै पहिलो ‘पोजेटिभ इम्प्याक्ट रेटिङ’ प्राप्त गर्ने शैक्षिक संस्था ★   मुकुल ढकालले भनेः मैले बिहे गर्ने कि, कुमारै बस्ने पार्टीले निर्णय गरोस्

ललितपुरमा बजार अनुगमन, पाटन अप्टिकल सिल



ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले बजार अनुगमन गरी पाटन अप्टिकल नाम रहेको चस्मा पसल सिल गरेको छ । चाडपर्व नजिकिएसँगै बजारमा हुन सक्ने कालोबजारी लगायतको गैरकानुनी कामको अनुगमन गर्न हिँडेको सो टोलीले आज चस्मा पसलको नाम राखेर जुत्ता तथा चप्पल एवं बच्चाको कपडा आदि समेत बिक्री वितरण गरेको पाएसँगै सिल गरेको हो ।

ललितपुरका सहायक प्रजिअ हरिप्रसाद पन्तले भन्नुभयो, “नाम एउटा काम अर्को गर्ने भएसँगै कारबाही गरियो ।” सो अप्टिकललाई सात दिनभित्र कागजपत्रसहित प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको पन्तको भनाइ छ ।

यसैगरी सो अनुगमन टोलीले आज पाटन अस्पताल परिसरमा सञ्चालन भइरहेको प्राप्ति चमेना गृहलाई पनि रु २० हजार जरिवाना गराएको छ । सो गृहको भान्छा असाध्यै फोहर भएसँगै त्यहाँ बिक्री गर्न राखिएका दही तथा दुनोट र सैंडविचमा उत्पादनका साथै सकिने म्यादसमेत उल्लेख नभएका कारण उक्त मूल्य बराबरको रकम तिराएको पन्तले सुनाउनुभयो । ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले सरकारले हिजो जारी गरेको निर्देशनअनुसार बजार अनुगमन थालिएकोे बताउनुभयो ।