९ श्रावण २०८३, शनिबार
,
Latest
भीमसेन थापाप्रति प्रधानसेनापति सिग्देलद्वारा सम्मान अर्पण, राष्ट्रियताको भावना कमजोर हुँदै गएकोमा चिन्ता राष्ट्रिय स्वाधीनतामाथि संकट छः संयोजक दाहाल कम्युनिष्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छः पूर्वप्रधानमन्त्री नेपाल ब्राउन सुगरसहित दुई जना पक्राउ सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपाद्वारा भर्त्सना, जनप्रतिनिधिको सुरक्षा गर्न सरकारसँग माग बुद्ध एयरले थप्यो नयाँ सिरिजका एटीआर विमान एटीआर-७२-६०० पोखरामा ध्वनि प्रदुषण गर्ने मोटरसाइकलमाथि प्रहरीको कडाइ, ‘अपरेसन ३६५’ अन्तर्गत ७७३ सवारी साधन कारबाहीमा इरानी सम्पतीबाट सामुन्द्रिक क्षतिको भरपाइ गरिन्छः डोनाल्ड ट्रम्प भारतमा मनसुनी वर्षाको प्रकोपः बाढी र डुबानका कारण जनजीवन प्रभावित, आसाममा ४१ जनाको मृत्यु पाकिस्तानको उत्तर–पश्चिममा आत्मघाती बम विष्फोटः सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला फुटबलर दीपाले भारतको केरेला महिला लिग खेल्ने



अ+ अ-

काठमाडौँ ।राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने हुनुभएको छ ।

नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहनुभएकी उहाँ उक्त प्रतियोगिताका लागि आज दिउँसो नै भारत प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उहाँले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीबाट खेल्नुहुनेछ । केरेला महिला लिगको च्याम्पियन टोली आइलिगमा छनोट हुनेछ ।

“प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु । यो मेरो विदेशमा पहिलो अवसरसमेत हो”, उहाँले भन्नुभयो । उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी पनि सहभागी हुनुहुन्छ । उहाँले गोकुलम केरेला क्लबबाट खेल्नुहुनेछ ।

प्रतियोगितामा गोकुलमसहित, केरेला ब्लास्टर, केरेला युनाइटेडलगायत १० टोलीको सहभागिता रहनेछ । केरेला लिगमा डन बोस्को साबिक उपविजेता हो । दीपाले दुई महिनाका लागि आफूले सम्झौता गरेको बताउनुभयो । उहाँले आइलिगमा छनोट भए, त्यसमा पनि अवसर मिल्ने सम्भावना रहेको बताउनुभयो ।

यही साउन २५ गतेदेखि सुरु भएको उक्त प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेडबीच हुनेछ । डन बोस्कोले आफ्नो पहिलो खेलमा भोलि लड्र्स पिआरविरुद्ध खेल्नेछ ।




भर्खरै