१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागा चैतन्य भन्छन् – मेरो ट्याटुको नक्कल नगर्नु



अ+ अ-

एजेन्सी । साउथ स्टार नागा चैतन्यले भर्खरै आफ्नो हातमा बनाइएको ट्याटुको बारेमा खुलासा गर्दै आफ्ना फ्यानहरूलाई यसको नक्कल नगर्न आग्रह गरेका छन् ।

एक अन्तर्वार्तामा नागाले यस ट्याटुमा आफ्नो र सामन्था रुथको विवाहको मिति कोडमा लेखिएको बताउँदै यसको कपि नगर्न भनेका हुन् । साथै, अभिनेताले अभिनेत्री एवं पूर्वपत्नी सामन्थासँग छुट्टिएपछि यो ट्याटु हटाउने बारे कहिल्यै नसोचेको पनि बताए ।

एक भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा नागाले भने, ‘मैले मेरो नामको ट्याटु खोपाउने केही फ्यानहरूलाई भेटेको छु । मेरो ट्याटुको नक्कल गर्ने केही फ्यानहरू पनि छन् । म सबैलाई बताउन चाहन्छु कि यो कुनै त्यस्तो विशेष छैन जुन तपाईले कपि गर्नु उचित हुन्छ । यो मेरो विवाहको मिति हो । त्यसैले, म फ्यानहरूले यी ट्याटूहरू बनाएको देख्न चाहन्न । मलाई यो देखेर नराम्रो लाग्छ, किनभने जीवनमा धेरै कुराहरू परिवर्तन हुन्छन् र म पनि कुनैबेला यो ट्याटु बदल्न सक्छु ।’

सामन्था रुथ प्रभु र नागा चैतन्यले जनवरी २०१७ मा हैदराबादमा इन्गेजमेन्ट गरेका थिए । दुवैले सोही वर्षको अक्टोबर ६ मा गोवामा हिन्दू र क्रिस्चियन परम्परा अनुसार विवाह गरेका थिए । तर, विवाहको ४ वर्षपछि अर्थात् २ अक्टोबर २०२२ मा दुवै एक–अर्काबाट अलग हुने घोषणा गरे ।