५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार रातिको भीषण वर्षाले नुवाकोटमा व्यापक क्षति



अ+ अ-

काठमाडौँ । मंगलबार राति परेको भीषण वर्षाका कारण नुवाकोटमा ठूलो क्षति भएको छ । वर्षाका कारण धानखेत, पक्की पुल र जलविद्युत् संरचनामा क्षति पुगेको छ । काठमाडौँ आउने छोटो मार्ग ढिकुरे–छहरे–गर्जेभन्ज्याङ–टोखा जाने सडकमा क्षति पुग्दा सवारी साधनको आवागमन हुन सकेको छैन ।

ढिकुरेबजारदेखि केही पर तादीखोलमा रहेको पक्की पुलको ढिकुरेबजारतिरको भागमा जाली हालेर बनाइएको सडक कटान भएपछि सडक अवरुद्ध भएको छ । त्यस्तै तादी र पञ्चकन्या गाउँपालिका जोड्ने आँप्रको पक्की पुल पनि वर्षाले क्षतिग्रस्त भएको छ ।

दुप्चेश्वर गाउँपालिका–रावतबेँसीमा बाढी र पहिरोले सिम्ले र कसेरी खेत नष्ट भएको बताइएको छ । सूर्यगढी गाउँपालिका–५ को खारेखोलाले माछापोखरी आउने सिँचाइ कुलो र वरपरका खेत बगाएको समाचार छ ।

त्यस्तै तादीखोलामा निर्माण भएको बुद्धभूमि हाईड्रोपावरमा बाढी परेका तीन कामदारको उद्धार गरिएको छ । उनीहरु हाइड्रोपावरको सुरक्षाका लागि बसेका थिए । भीषण वर्षासँगै तादीखोलामा बाढी आएपछि उनीहरु बीचमा रहेको सुरक्षित स्थानमा बसेका थिए । तर दुवैतिर खोलाको बाढीले वारिपारि जान नसकेपछि आज बिहान उनीहरुको सकुशल उद्धार गरिएको छ । हाइड्रोपावरको बाँधमा बाढीले क्षति पुर्याएको बताइएको छ ।

फोटो-सञ्जीब अधिकारी