५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आदिवासी जनजातिहरुको भाषा, संस्कृति र लिपीको संरक्षण गर्नु राज्यको दायित्वः प्रधानमन्त्री



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरुको भाषा, संस्कृति र लिपीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ । मंगलवार नेपाल आदिवासी जनजाति महासंघले २८ औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आदिवासी जनजातिहरुको भाषा, संस्कृति र लिपीको संरक्षण गर्नु राज्यको दायित्व भएको बताउनुभएको हो ।

उहाँले आदिवासी जनजातिको भाषा, संस्कृति र लिपीको संरक्षणका लागि सरकार गम्भिर रहेको बताउनु भयो । उहाँले नेपालमा विभिन्न जातजाति, भाषा, धर्ममा मानिसहरु बसेतापनि सामाजिक सद्भाव र सहिष्णुता राम्रो रहेको भन्दै यसप्रकारको सहिष्णुतालाई दीर्घकालसम्म अक्षुण राख्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘नेपालको कुल जनसंख्याको एक तिहाई भन्दा बढी जनसंख्या आदिवासी जनजातिहरुको रहेको छ । विभिन्न सूचीकृत आदिवासी, जनजातिहरुको जीवित मातृभाषाहरु छन् । ती सबै अमूल्य भाषा, संस्कृति, लिपीको संरक्षण गर्नु राज्यको दायित्व हो । यसतर्फ सरकार गम्भिर छ ।

नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । विविधताभित्रको एकता नै हाम्रो मुल मन्त्र हो । यहाँ विविध जातजाति, भाषा, सम्प्रदाय, धर्म मान्ने मानिसहरु रहेता पनि एक, अर्काप्रति सामाजिक सद्भाव, सहिष्णुता अत्यन्तै राम्रो छ । यो नेपालको विशिष्ट पहिचान हो । यसलाई हामीले दीर्घकाल सम्म अक्षुण राख्नुपर्दछ ।’

प्रधानमन्त्री देउवाले आदिवासी जनजातिहरुको हक, हीतको संरक्षण तथा संवद्र्धनका लागि आफू सधै प्रतिवद्ध रहेको बताउनु भयो । उनीहरुलाई राज्यको मुलधारमा ल्याइ कुनैपनि किसिमको अवसरबाट वञ्चित हुन नदिन सबै मिलेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले जनजातिहरुसँग रहेका परम्परागत सिप तथा कौशल नयाँ पुस्तामा हस्तान्तरण हुनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘नेपालका आदिवासी जनजातिहरुको हक, हीतका संरक्षण, संवद्र्धन तथा सांस्कृतिक पहिचानको सवालमा म सदा प्रतिवद्ध रहने छु । आदिवासी जनजातिको पहिचानलाई संरक्षण गर्दै उनीहरुलाई राज्यको मुलधारमा ल्याइ कुनैपनि किसिमको अवसरबाट वञ्चित हुन नदिन हामी सबैले मिलेर कार्य गर्न आवश्यक छ । राज्यका हरेक तह र तप्कामा समावेशीकरण नीतिलाई प्रभावकारी तवरले आत्मसाथ गर्दै राष्ट्रका विकास, समृद्धिका लागि उनीहरुको योगदानलाई अझ उच्च बनाउन हामी सबै प्रतिवद्ध हुनु आवश्यक छ । आदिवासी जनजातिका भाषा, संस्कार, संस्कृति तथा ज्ञान, सीप संरक्षण हुनुपर्छ भन्ने कुरामा दृढ छु । उनीहरुसँग रहेका परम्परागत सीप, कौशल नयाँ पुस्तामा हस्तान्तरण हुनु आवश्यक छ । यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार छ ।’

उहाँले आदिवासी जनजातिको परम्परागत सीप र कौशल नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।