६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी निर्वाचनपछि सांसदको संख्या बढी हुने खतरा छः खगराज अधिकारी



file
अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले आगामी निर्वाचनपछि संविधानले तोकेको सीमा भन्दा बढी सांसदहरु हुने जोखिम रहेको बताउनुभएको छ । मंगलवार संसद बाहिर सञ्चारकर्मीहरु सँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।

सांसद अधिकारीले मनोनयन दर्ता गर्ने सांसदरुहको त्यसपछि समय सकिएपछि मनोनयन नगर्ने सांसदरुको समय आगामी फागुन २१ गतेसम्म रहने कुरा रहेको बताउनु भयो । उहाँलै कुनैपनि मनोनयन दर्ता नगराएका सांसद फागुन २१ गतेसम्म सांसद हुन पाउनुपर्छ भनेर मुद्दा हाल्न गएमा सांसदको संख्या संविधानले तोकेको भन्दा बढी हुने खतरा रहेको बताउनु भयो । उहाँले आगामी निर्वाचनमा राष्ट्रिय स्वाधिनता र स्वाभिमानको लडाईंमा र भूराजनीतिमा नेपालको अस्तित्व रहनेकी नरहने भन्ने लडाईंमा विदेशीका लागि कम्फरटेबल हुनेहरु र देशका लागि कम्फरटेबल हुनेहरुबीचको प्रतिष्पर्धा हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी हाम्रो निर्वाचन चिन्हमा र हाम्रो विचारसँग सहमत हुने सबैलाई मुल ढोका खुला छ । राष्ट्रिय स्वाधिनता र स्वाभिमानको लडाईंमा यो भूराजनीतिमा नेपालको अस्तित्व रहनेकी नरहने भन्ने लडाईंमा उहाँहरु विदेशीका लागि कम्फरटेबल हुनेहरु गठबन्धन गर्दै जान्छन्, हामी देशका लागि कम्फरटेबल हुनेहरु जो छौँ मिल्छौँ । हामी हाम्रै खुट्टामा उभिन्छौँ । हामीलाई वित्तिय गठबन्धन गर्नु छैन ।

मनोनयन दर्ता गरेपछि अवधि सकियो भन्नेछ, मनोनयन दर्ता नगर्नेको फागुन २१ गते भनेर व्याख्या गर्न बेर छैन । शपथ खाएको दिनसम्म भन्न बेर छैन । सांसदहरु एकै पटक धेरै हुने भए । तोकिएको संविधानको सीमा भन्दापनि बढी हुने भए । निर्वाचित भएर आएका र शपथ २१ गते भएकोले ती पनि हुनेभए । त्यो बेलासम्म हुन्छ भनेर मुद्दा हाल्यो भने यो अदालतले त ती पनि हुन् भन्ने भयो । यस्तो गन्जागोल यही गठबन्धनले पारेको हो ।’

सांसद अधिकारीले आगामी संघ र प्रदेश सदस्य निर्वाचनमा आफ्नो निर्वाचन चिन्ह र विचारसँग सहमत हुनेहरुसँग कतिपय ठाउँमा मिलेर जाने बताउनु भयो ।