६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बीचको सामूहिक छलफल सकियो



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बीचको सामूहिक छलफल सकिएको छ । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएपछि  उहाँहरु बीच छलफल भएको थियो । छलफलका लागि प्रधानमन्त्री देउवा ओलीको कार्यकक्षमा पुग्नुभएको बताइएको थियो  ।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसीसी सहितको विषयमा छलफल भएको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।  छलफलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेका सुवास नेम्वाङ सहभागी हुनुहुन्छ ।सदनको आजको कार्यसूचीमा एमसीसीमाथि छलफल गर्ने कार्यक्रम थियो । तर प्रधानमन्त्री देउवाकै आग्रहमा आजको बैठक स्थगित गरिएको हो ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र  नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेको साथ खोज्नुभएको छ । यसअघि उहाँहरुबीच अध्यक्ष ओली निवास बालकोट र प्रधानमन्त्री निवास बालुवाटारमा दुई पटक एमसीसी पारित गर्ने सम्बन्धमा छलफल भइसकेको छ ।