१० असार २०८३, बुधबार
,
Latest
अष्ट्रेलियामा बर्ड फ्लुको तेस्रो केस पुष्टि, जैविक विविधतामा जोखिम बढ्ने चेतावनी रुपन्देहीका स्थानीय तहको बजेटः पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी प्रवद्र्धनलाई प्राथमिकता ललितपुर महानगरको बजेट सात अर्ब ४८ करोड रास्वपाको महाधिवेशनः नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा भारत–अमेरिका व्यापार सम्झौता नजिक, केही विषयमा सहमति बाँकी आप्रवासन अदालत परिसरमा पक्राउ नगर्न ट्रम्प प्रशासनलाई अदालतको आदेश अमेरिका–इरान समझदारी कार्यान्वयन हुनुपर्छः चीन धौलागिरिको ४८ करोड ५२ लाखको बजेट पारित वीरेन्द्रनगर नगरपालिकाले ल्यायो चार अर्ब ७१ करोडको बजेट चुनाव प्रचारमा भएको फोहर सङ्कलन गर्दै उम्मेदवार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओली बीचको सामूहिक छलफल सकियो



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बीचको सामूहिक छलफल सकिएको छ । प्रतिनिधिसभाको आजको बैठक स्थगित भएपछि  उहाँहरु बीच छलफल भएको थियो । छलफलका लागि प्रधानमन्त्री देउवा ओलीको कार्यकक्षमा पुग्नुभएको बताइएको थियो  ।

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच एमसीसी सहितको विषयमा छलफल भएको  प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो ।  छलफलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की तथा एमालेका सुवास नेम्वाङ सहभागी हुनुहुन्छ ।सदनको आजको कार्यसूचीमा एमसीसीमाथि छलफल गर्ने कार्यक्रम थियो । तर प्रधानमन्त्री देउवाकै आग्रहमा आजको बैठक स्थगित गरिएको हो ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र  नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी एमालेको साथ खोज्नुभएको छ । यसअघि उहाँहरुबीच अध्यक्ष ओली निवास बालकोट र प्रधानमन्त्री निवास बालुवाटारमा दुई पटक एमसीसी पारित गर्ने सम्बन्धमा छलफल भइसकेको छ ।