२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री देउवा र नेता खनालबीच भेटवार्ता



file
अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरी नेपालको चियालाई भारतले थप ४० प्रतिशत कर लगाएको विषयमा ध्यानाकर्षण गराएको छ ।

पूर्व प्रधानमन्त्री खनाल नेतृत्वको प्रतिनिधिमण्डलले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज प्रधानमन्त्री देउवासँग भेट गरेको हो । सो अवसरमा स्वदेशी चिया व्यवसायीको समस्याका विषयमा भएको छलफलपछि प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पूर्व प्रधानमन्त्री खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिनुभयो ।

उक्त भेटमा प्रधानमन्त्री देउवा र नेता खनालबीच समसामयिक राष्ट्रिय राजनीति, राष्ट्रिय अर्थतन्त्र र विदेश नीति, आगामी निर्वाचन र गठबन्धन लगायतको विषयमा समेत छलफल भएको बताइएको छ ।




भर्खरै