• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   सय दिन पुगेको अवसरमा गृह मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एक्सन एण्ड कन्ट्रोल’ रुम ★   सहकारीको नियमनका लागि शक्तिशाली आयोग गठन गर्ने निर्णय आगामी मन्त्रिपरिषद्ले गर्छ: मन्त्री अधिकारी ★   पदमुक्त भए गण्डकीका मन्त्री देवकोटा ★   ३७ वर्षपछि न्युजिल्यान्ड समूह चरणबाटै बाहिरियो, टी–२० विश्वकपमा भने पहिलोपटक ★   २०८३ चैतसम्म काठमाडौँ–तराई/मधेस द्रुतमार्गबाट सवारी गुड्छन्: मन्त्री उप्रेती ★   गोलीबारी मामिलामा सलमानले भने – मलाई निशाना बनाइएको छ ★   नेपाल टेलिकमले ल्यायो जिएसएम मोबाइल तथा एफटिटिएचमा आकर्षक प्याकेज ★   सोमबार सार्वजनिक बिदा ★   विश्वकपको समूह चरणमा नेपालको दुई खेल अघि डिशहोम फाइबरनेटको ७२ घण्टे नयाँ अफर ★   ताप्लेजुङ पहिरो अपडेट: घाइते बुबा छोरीको उद्धार

प्रतिनिधिसभा: ‘काठमाडौंका फोहोरको जिम्मा मेयरलाई लगाएर हुन्छ ?’



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सांसद निरादेवी जैरुले काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था आउने बताउनुभएको छ ।

मंगलवार प्रतिनिधिसभाको बैठकमा समयमा माग गरेर बोल्दै सांसद जैरुले यस्तो बताउनु भएको हो । उहाँले काठमाडौंको फोहोर व्यवस्थापनको लागि काठमाडौं महानगरका मेयर मात्रै नभएर संघीय सरकारको सम्बन्धित मन्त्रालयले त्यसको व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले फोहोर व्यवस्थापनको कार्य यथाशीघ्र गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘काठमाडौंको फोहोर काठमाडौंका मेयरलाई जिम्मा लगाएर हुन्छ? संघको सम्बन्धित मन्त्रालय यथाशीघ्र बसेर यसलाई निवारण दिएन भने अहिले पानी परिरहेको छ । चार दिन घाम लाग्यो भने बस्न सक्ने अवस्था छैन । काठमाडौंको फोहोर र कोरोना भन्दा ठूलो कुरा संविधानको धारा ४० लाई कानून बनाएर लाने भन्दा भन्दै पनि राज्यका तहमा बसेका जिल्ला प्रशासन अधिकृतहरुले नागरिकतामा कुकुर, कुकुर्नी कमिनी राखेर नागरिकता वितरण गर्नुभएको छ । त्यो टोली बनाएर वितरण गरेको जस्तो लाग्छ । स्थानीय तहमा समन्वय नगरेर त्यस्ता प्रशासकीय अधिकृतहरुलाई निलम्वन गर्न माग गर्दछु ।’

सांसद जैरुले दलित समुदायका नागरिकलाई नागरिकता वितरण गर्दा नागरिकतामा अपमान गरेर कुकुर,कुकुर्नी जस्ता नाम राख्ने प्रशासकीय अधिकृतहरुलाई निलम्वन गर्न सरकारसँग माग गर्नुभयो ।