२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भवन भत्काइँदैन, कानूनी प्रक्रिया अवलम्बन गर्नू : नर्भिक अस्पताल



अ+ अ-

काठमाडौँ । नर्भिक अस्पतालले अस्पताल परिसरमा निर्माण गरिएका संरचना तत्काल नभत्काइने बताएको छ । नक्सा पास नगराई निर्माण गरिएको भौतिक संरचना भत्काउन काठमाडौँ महानगरपालिकाले सोमबार नर्भिक अस्पताललाई २४ घण्टे अल्टिमेटम दिएको जवाफमा तत्काल संरचना भत्काउन सम्भव नभएको बताएका हो ।

महानगरपालिकाले दिएको समयसीमाभित्र संरचना भत्काए गम्भीर अवस्थामा उपचाररत बिरामीको ज्यान खतरामा पर्न सक्ने अस्पतालले बताएका छ । जवाफी पत्रमा अस्पतालले महानगरलाई बिरामीहरुको स्वास्थ्य संवेदनशीलतालाई समेत ख्याल गरेर उचित कानूनी प्रक्रिया अवलम्बन गर्न चुनौतीसमेत दिएको छ ।

अस्पतालका अनुसार महानगरले भत्काउन आदेश दिएको भवनमा अक्सिजन प्लान्ट र बिरामीका लागि अति महत्वपूर्ण साधन तथा उपकरण राखिएका छन् । ती संरचना भत्काउँदा उपचारमा कठिनाइ हुनसक्ने अस्पतालको भनाइ छ ।

सोमबार काठमाडौँ महानगरले नक्सा पास नगराई बनाइएका संरचना भत्काउन आज २ बजेसम्मको अल्टिमेटम दिएको थियो । समयसीमाभित्र संरचना नभत्काए कानूनबमोजिम कारवाही गर्ने चेतावनीसमेत महानगरले दिएको थियो ।

महानगरप्रमुख बालेन्द्र साहले अस्पताल भवनको पश्चिमतर्फ बनेका संरचनाहरु नेपाल सरकारसँग भएको सम्झौताविपरीत र नक्सा पास नै नगरी बनाइएको भन्दै २४ घण्टाभित्र भत्काउन आदेश दिएका थिए ।




भर्खरै