• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

नर्भिक अस्पताललाई २४ घण्टाभित्र टहरा हटाउन काठमाडौं महानगरपालिकाको निर्देशन



काठमाडौं । काठमाडौं महानगरपालिकाले थापाथलीस्थित नर्भिक अस्पताललाई २४ घण्टाभित्र सरकारसँग लिजमा लिएको जग्गामा बनाइएका टहरा हटाउन निर्देशन दिएको छ ।

महानगरपालिकाले सरकारको नाममा दर्ता कायम रहेको जग्गामा सम्झौता विपरित नक्सा पास नगरी घर टहरा बनाएको भन्दै २४ घण्टाभित्र हटाउन निर्देशन दिएको हो ।

शहरी व्यवस्थापन विभागका विभागीय प्रमुख सुरज शाक्यको हस्ताक्ष रहेको पत्रमा भनिएको छ –
प्रस्तुत विषयमा नेपाल सरकारको नाममा दर्ता कायम रहेको कि.नं. २०६५ क्षे.फ. १-८-१-१ जग्गा हस्पिटलले लिजमा लिई उक्त जग्गाको पश्चिम तर्फ निर्मित संरचनाहरू (क्यान्टिन भवन लगायत) नेपाल सरकारसंग भएको सम्झौता विपरीत र नक्शापास स्वीकृत नगरी निर्माण भएको पाइएकोले श्रीमान् प्रमुखज्यूको आदेशानुसार उक्त संरचना २४ घण्टा भित्र हटाउनु हुन जानकारी गराइन्छ अन्यथा नियमानुसार कार्वाही गरिने व्यहोरा समेत सूचित गरिन्छ ।